१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

हाम्रा उम्मेदवारमा आत्मविश्वासमा कमि देखिए : डा राउत

Logo
प्रकाशित बुधबार, आषाढ ०८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,८असार । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारमा आत्मविश्वासको कमी देखिएको बताएका छन् ।

बुधबार जनकपुरधाममा आयोजित कार्यक्रममा राउतले आफूहरु पैसाका कारण चुनावमा पराजित नभएको बताए ।

‘पैसा नभएका कारण जितेनौं भन्ने कुरा होइन । बिना पैसाले पनि मान्छेले जितेका छन् । जसलाई आत्मविश्वास छ ती व्यक्ति २१ बर्षकै उमेरमा मेयर भएर देखाइदिएका छन्’ उनले भने, ‘हाम्रा उम्मेदवारमा आत्मविश्वासको कमी देखियो ।’

उनले अघि भने, ‘जब आफैं चुनाव जित्ने विश्वास छैन भने जनताले कसरी मत दिन्छ ?’

अध्यक्ष राउतले अन्य पार्टीले अरु दलले आफ्नो पार्टी र उम्मेदवारविरुद्ध भ्रम फैलाएको पनि आरोप लगाए । ‘तिमी कहाँ जित्छौं, पैसा छैन । अर्काे पटक उठ्नु नि !’ जस्ता कुरा बोलेर आफ्ना उम्मेदवारको आत्मविश्वास घटाउने काम गरेको उनले बताए ।

यद्यपी दुई वटा सिट जित्नु पनि पार्टीको लागि महत्वपूर्ण भएको राउतले बताए । भारतीय जनता पार्टीले सन् १९८४ मा २ वटा मात्रै सिट जितेको प्रसंग उठाउँदै डा. राउतले अहिले त्यही पार्टीले २८२ सिट जितेको बताए । ‘हामी पनि २८२ सिटमा पुग्छौं’ उनले भने, ‘त्यसका लागि संघर्ष गर्नु जरुरी छ ।’ज,

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]