१५ फाल्गुण २०८२, शनिबार
28-02-2026 , Sat
×

७ वर्षीय सुरजको मुटु फेर्न सिंगापुरबाट डा.महतोद्वारा २५ हजार आर्थिक सहयोग

Logo
प्रकाशित बिहिबार, आषाढ ०९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,९ असार। धनुषाको कमला नगरपालिका ३ का सन्दिप मुखिया ७ वर्षीय छोरा सुरज मुखियाको उपचारका लागि डा. श्यामबाबु महतो आर्थिक सहयोग गरेका छन् ।

गैर आवासीय मधेसी संघका अन्तर्राष्ट्रिय समितिका महासचिव डा. शमहतोले व्यक्तिगत २५ हजार रूपैया विरामीलाई उपचार गराउन सहयोग गरेका हुन् ।

डा .महतोको घर विदेह नगरपालिका वडा नम्बर ६ मा रहेको छ। उनि ७ वर्षदेखि सिंगापुरमा बस्दै आइरहेको छ। पत्रकार मनोज मोरबैताले मुटु फेर्न बालक मुखियालाई सहयोगको अपिल फेसबुक मार्फत गरेका थिए । उक्त पोस्ट हेरेपछि डा. महतो सहयोग गरेको बताइएको छ ।

पत्रकार मोरबैताले डा. महतोलाई धन्यवाद ज्ञापन गर्दै भनेका छन्, ‘तपाईको सहयोग सुरजको मुटु फेर्नमा धेरै महत्त्वपूर्ण रहेको छ ।’ उनले सहयोगका लागि अन्य दातासंग पनि अपिल गरे ।

बालक मुखियाको मुटु फेरिनुपर्ने चिकित्सले बताएका छन् । उनी अहिले उपचाररत छन् । गरिब परिवारका भएकाले उपचार गराउने हैसियत उनको छैन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]