१८ कार्तिक २०८२, मंगलबार
04-11-2025 , Tue
×

७ वर्षीय सुरजको मुटु फेर्न सिंगापुरबाट डा.महतोद्वारा २५ हजार आर्थिक सहयोग

Logo
प्रकाशित बिहिबार, आषाढ ०९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,९ असार। धनुषाको कमला नगरपालिका ३ का सन्दिप मुखिया ७ वर्षीय छोरा सुरज मुखियाको उपचारका लागि डा. श्यामबाबु महतो आर्थिक सहयोग गरेका छन् ।

गैर आवासीय मधेसी संघका अन्तर्राष्ट्रिय समितिका महासचिव डा. शमहतोले व्यक्तिगत २५ हजार रूपैया विरामीलाई उपचार गराउन सहयोग गरेका हुन् ।

डा .महतोको घर विदेह नगरपालिका वडा नम्बर ६ मा रहेको छ। उनि ७ वर्षदेखि सिंगापुरमा बस्दै आइरहेको छ। पत्रकार मनोज मोरबैताले मुटु फेर्न बालक मुखियालाई सहयोगको अपिल फेसबुक मार्फत गरेका थिए । उक्त पोस्ट हेरेपछि डा. महतो सहयोग गरेको बताइएको छ ।

पत्रकार मोरबैताले डा. महतोलाई धन्यवाद ज्ञापन गर्दै भनेका छन्, ‘तपाईको सहयोग सुरजको मुटु फेर्नमा धेरै महत्त्वपूर्ण रहेको छ ।’ उनले सहयोगका लागि अन्य दातासंग पनि अपिल गरे ।

बालक मुखियाको मुटु फेरिनुपर्ने चिकित्सले बताएका छन् । उनी अहिले उपचाररत छन् । गरिब परिवारका भएकाले उपचार गराउने हैसियत उनको छैन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]