११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

बिज्ञान प्रबिधिको बिकासनै समृद्धिको आधार : मुख्यमन्त्री राउत

Logo
प्रकाशित बिहिबार, आषाढ ०९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,९ असार । मुख्यमन्त्री लालबाबु राउतले बिज्ञान प्रबिधिको बिकास नै बिकासको मुल आधार रहेको
बताउनु भएको छ।

युवा परिषद नेपालको आयोजनामा मधेस प्रदेशको राजधानी जनकपुरधाममा भएको २ दिवसिय राष्ट्रिय युवा बैज्ञानिक सम्मेलनको उदघाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले बिज्ञानको अध्ययनले कुनैपनी समाजको गरिबी दुर गर्न सकिने उल्लेख गर्नु हुँदै नेपाल जस्तो आर्थिक रुपले पछाडी परेको देशको बिकासको मुहान नै बिज्ञानको विकास बन्नेमा आफू बिश्वस्त रहेको बताउनु भयो ।

बिज्ञान प्रबिधिमा हामी पछाडी रहेको मुल कारण केन्दृकृत मानसिकता रहेको टिप्पणी गर्दै मुख्यमन्त्री राउतले मधेस प्रदेशको लक्ष्य नै बिज्ञान प्रबिधिको विकास र स्थानिय स्तरको प्रबिधिको अनुसंधान रहेको बताउनु भयो ।

प्रदेश निर्माण भैसक्दा समेत संघ अझै अधिकार दिनमा कंजुस्याई गरिरहेको ले आफ्नो प्रदेशले लिएको लक्ष्य प्राप्ती गर्न केही समय अझै लाग्ने उहाँको कथन थियो ।

बिज्ञान प्रबिधिको बिकासलाई मुलाधारमा ल्याउन प्रदेश सरकारले १२ कक्षाम अध्ययन गर्ने चेलिबेटी लाई ल्यापटप बितरण गर्ने योजनाले प्रभावकारी भुमिका खेल्नेमा आफू बिश्वस्त रहेको उहाँले दावी समेत गर्नु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]