१३ पुष २०८२, सोमबार
29-12-2025 , Mon
×

पेट्रोलियम पदार्थको मूल्य समयमै फिर्ता नलिए चरणबद्ध आन्दोलन गर्ने इन्चार्ज झाको चेतावनी

Logo
प्रकाशित बिहिबार, आषाढ ०९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,९ असार।पेट्रोलियम पदार्थको मूल्य ३ दिन भित्र फिर्ता नलिए चरणबद्ध आन्दोलनमा उत्रिने जनमत पार्टी सप्तरी इन्चार्ज ममता झाले चेतावनी दिएकी छिन्।

आज सप्तरीको सदरमुकाम राजविराजमा पेट्रोलियम पदार्थको मुल्यविद्धिको विरुद्धमा जनमत पार्टी सप्तरीले प्रदर्शन गरेका हुन।

सो बिरोध प्रदर्शनपछि न्यूजमधेशसंग कुरा गर्दै जिल्ला इन्चार्ज झले भने, ” पेट्रोलियम पदार्थ जनताको प्रत्यक्ष जीवनसंग जोडिएको महत्त्वपूर्ण उपभोग्य बस्तो भएको सर्ववितिकै छ।पाँचदलिय सरकार गठन भएपछि पटक-पटक पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिबाट आम सर्वसाधारण नेपाली जनता आक्रान्त बनेका छ्न।”

उनले जनताको जीवनसंग जोडिएको तथा आम सर्वसाधारण ,व्यवसायी ,उद्योगी,किसान र विद्यार्थीलगाइत सम्पुर्ण नागरिकहरुको जनजीवनमा प्रत्यक्ष असर पर्नेभएकोले यश समस्याको समाधान गर्न सरकारलाई आग्रह गरेकी छिन् ।

साथै किसानहरुलाई समयमै मलखाद उपलब्ध गराइदिनसमेत जिल्ला इन्चार झाले सम्बन्धित पदलाई ध्यानाकर्षण गराउनुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]