०५ बैशाख २०८३, आइतबार
19-04-2026 , Sun
×

जनकनन्दिनी गाउँपालिकाले ल्याए ४७ करोड बढी बजेट

Logo
प्रकाशित शुक्रबार, आषाढ १०, २०७९

मनोज मोरबैता
जनकपुरधाम,१० असार। पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाको ८ औं गाउँसभा सफलतापूर्वक सम्पन्न भएको छ ।

शुक्रबार भएको ८ औं गाउँसभाबाट गाउँपालिकाको लागि ४७ करोड बढी बजेट अनुमान गरिएको छ । शिक्षा , स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखी भौतिक पूर्वाधार निर्माणको अवधारणालाई मुख्य मुद्दाको रुपमा अगाडी सारिएको हो ।

गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवको सभापतित्व तथा उपाध्यक्ष कमला सहगलको विशेष आतिथ्यमा आर्थिक बर्ष २०७९÷०८० को बजेट सार्वजनिकीकरण गरिएको हो ।

आर्थिक वर्ष २०७९÷०८० को लागि कुल ४७ करोड २९ लाख ९६ हजार अनुमानित बजेट सार्वजनिकीकरण गरिएको हो । जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ स्थित रहेको स्वास्थ्य चौकीको सभाहलमा युवा, विद्यार्थी, जेष्ठ नागरिक, कर्मचारी, भद्रभलादी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सँचारकर्मी, सुरक्षाकर्मीको उपस्थितिमा बजेट सार्वजनिकीकरण गरिएको हो ।

जनकनन्दिनी गाउँपालिका वडा नम्बर२ का वडाध्यक्ष अब्दुल मालिक अतिथिहरुलाई स्वागत गरेका थिए।

सो क्रममा गाउँपालिकाकी उपाध्यक्ष कमला सहगलले चालु आर्थिक वर्षको लागि बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

गाउँपालिका अध्यक्ष दिपिन देव यादव नेता बनेर होइन,जनताको बेटा बनेर सेवा गर्नको लागि आएको उनले बताए।जनताको आवश्यकता र समस्या बुझ्दै जनकनन्दिनी गाउँपालिकाका सम्पुर्ण जनप्रतिनिधिहरु पार्टी भन्दामाथी उठेर गाउँपालिकालाई तीन वर्ष भित्रै गाउँपालिकाको प्रत्येक वडामा चार पाङ्ग्रे ,कार गुड्ने बाटोको निर्माण गरेर देखाउने उनले दाबी गरेका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]