२४ फाल्गुण २०८२, सोमबार
09-03-2026 , Mon
×

कमला नगरपालिकाले ल्यायो ५७ करोड भन्दा बढी बजेट

Logo
प्रकाशित शुक्रबार, आषाढ १०, २०७९

मनोज मोरबैता
जनकपुरधाम,१० असार। पूर्वी धनुषाको कमला नगरपालिकाको छैठौं नगरसभा सफलतापुर्वक सम्पन्न भएको छ।

शुक्रबार भएको छैठौं नगरसभाबाट नगरपालिकाको अगामी आर्थिक वर्ष २०७९/०८० को लागि ५७ करोड बढी बजेट ल्याएको अनुमान गरिएको छ।शिक्षा ,स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकता राखी भौतिक पुर्वाधार निर्माणको अवधारणालाई मुख्य मुद्दा को रुपमा अगाडी बढाएको छ।

नगरपालिकाका नगरप्रमुख विशेश्वर यादवको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सुबोध कुमार ठाकुरले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरिएको हो।

आर्थिक वर्ष २०७९÷०८० को लागि कुल ५७ करोड ३६ लाख ५३ हजार अनुमानित बजेट सार्वजनिक गरिएको हो। कमला नगरपालिका-२ माची झिटकहियास्थित नगरपालिकाको नवनिर्मित भवनमा नगरपालिकाका जनप्रतिनिधि,कर्मचारी ,सुरक्षाकर्मी ,संचारकर्मीको उपस्थितिमा बजेट सार्वजनिक गरिएको छ।

यता,कमला नगरपालिकाकी उपप्रमुख शिला देवी मण्डललगाइत २५ जना जनप्रतिनिधिहरुले आफू बमोजिम बजेट मांग गरेपछि उनिहरुलाई विषय गत शाखाहरुको बजेट कटौती गरेर नदिएपछि कार्यक्रममा सहभागी नभएको वडा सदस्य अमोद मरिकले बताए।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]