१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

अनलाईन पत्रकारीतालाई मर्यादित बनाउँदै अगाडी बढाउन जरुरी छः राज्यमन्त्री कर्ण

Logo
प्रकाशित शनिबार, आषाढ ११, २०७९

सुरेश राय
राजविराज, ११ असार। गृह तथा सञ्चार राज्य मन्त्री रुबि कुमारी कर्णले अनलाई पत्रकारीता शुक्रबार विश्वकै आवश्यकता रहेको बताए।

आम सन्चार प्राधिकरण मधेस प्रदेश, जनकपुरद्वारा आयोजित पाँच दिवसिय अनलाइन पत्रकारिता तालिमको उद्घाटन गर्दै प्रमुख अतिथी राज्यमन्त्री कर्णले अनलाईन पत्रकारीताको विकास आवशयक रहेको बताएका हुन्।

उनले अनलाईन पत्रकारीता छोटो समयमा नेपालका स्थापित छापा तथा विद्युतीय सञ्चार माध्यमको लागि चुनौतिको रुपमा देखा परेको बताए। मन्त्री कर्णले अहिले अनलाईन पत्रकारीमा आम समुदायको सहज र सरल पहुँच भएकोले अन्य माध्यमलाई चुनौति थपीएको बताए।

उनले अनलाईन पत्रकारीतालाई अझै व्यवस्थित, मर्यादित र विश्वसनिय बनाउनु पर्नेमा जोड दिए। उनले भने, ‘नयाँ र सहज पहुँच भएकाले अनलाईन पत्रकारीता सवैको सहज पहुँचमा छन्। तर, यसलाई अझै विश्वसनिय र मर्यादित बनाउन जरुरी छ।’सोही क्रममा मन्त्री कर्णले श्रमजीवि पत्रकारहरुको न्यायको लागि मन्त्रालयले विभागहरुमार्फत महत्वपूर्ण काम गरिरहेको जनाए।

आमसन्चार प्राधिकरण मधेस प्रदेश, जनकपुरद्वारा सञ्चालित पाँच दिवसिय अन्लाइन पत्रकारिता तालिममा मधेस–प्रदेशका आठ वटै जिल्लाका पत्रकारहरु सहभागीता रहेको प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादबले जानकारी दिए। उनले पत्रकारिता तालिम १० गते देखि १४ गते सम्म सन्चालन रहने जनाए।अनलाइन पत्रकारिता तालिम कार्यक्रमको अध्यक्षता प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादबले गरेका गिए, भने बिशिस्ठ अतिथी पे्रस काउन्सिलका अध्यक्ष शिबहरी प्र.भट्टराई, नेपाल पत्रकार महासंघका केन्द्रिय सद्स्य ललिता साह, सप्तरिका पुर्व–अध्यक्ष धिरेन्द्र प्र.साह, लगायतको उपस्थिि रहेको थियो।

सोही क्रममा नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवण देवले अनलाइन पत्रकारिता अहिलेको आबस्यक्ता रहेको सम्पुर्णले महसुश गरेका बताए। ‘हामिले पत्रकारिता छापा माध्यमबाट सुरु गरेका थियौं, त्यस बेला अनलाइनको साधन–स्रोत र चलन–चल्ती थिएन’, अध्यक्ष देवले भने, ‘हामिले कागजको पानामा समाचार लोख्ने गर्थ्यौ., टाइप पनी गर्न आउँप गर्न पनि आउँथेन। तर आज हात हातमा आएको मोवाईलले सवैलाई पत्रकार बनाई दिएको छ, अनलाईनमा पहँुच बढाएको छ।’

अनलाईन पत्रकारीता नै अवको मूलधारको पत्रकारीता हुने बताउँदै अध्यक्ष देवले तालिमका सम्पूर्ण सहभागीहरुलाई मन लागाएर तालिममा सहभागी हुन आग्रह गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]