२६ कार्तिक २०८२, बुधबार
12-11-2025 , Wed
×

अनलाईन पत्रकारीतालाई मर्यादित बनाउँदै अगाडी बढाउन जरुरी छः राज्यमन्त्री कर्ण

Logo
प्रकाशित शनिबार, आषाढ ११, २०७९

सुरेश राय
राजविराज, ११ असार। गृह तथा सञ्चार राज्य मन्त्री रुबि कुमारी कर्णले अनलाई पत्रकारीता शुक्रबार विश्वकै आवश्यकता रहेको बताए।

आम सन्चार प्राधिकरण मधेस प्रदेश, जनकपुरद्वारा आयोजित पाँच दिवसिय अनलाइन पत्रकारिता तालिमको उद्घाटन गर्दै प्रमुख अतिथी राज्यमन्त्री कर्णले अनलाईन पत्रकारीताको विकास आवशयक रहेको बताएका हुन्।

उनले अनलाईन पत्रकारीता छोटो समयमा नेपालका स्थापित छापा तथा विद्युतीय सञ्चार माध्यमको लागि चुनौतिको रुपमा देखा परेको बताए। मन्त्री कर्णले अहिले अनलाईन पत्रकारीमा आम समुदायको सहज र सरल पहुँच भएकोले अन्य माध्यमलाई चुनौति थपीएको बताए।

उनले अनलाईन पत्रकारीतालाई अझै व्यवस्थित, मर्यादित र विश्वसनिय बनाउनु पर्नेमा जोड दिए। उनले भने, ‘नयाँ र सहज पहुँच भएकाले अनलाईन पत्रकारीता सवैको सहज पहुँचमा छन्। तर, यसलाई अझै विश्वसनिय र मर्यादित बनाउन जरुरी छ।’सोही क्रममा मन्त्री कर्णले श्रमजीवि पत्रकारहरुको न्यायको लागि मन्त्रालयले विभागहरुमार्फत महत्वपूर्ण काम गरिरहेको जनाए।

आमसन्चार प्राधिकरण मधेस प्रदेश, जनकपुरद्वारा सञ्चालित पाँच दिवसिय अन्लाइन पत्रकारिता तालिममा मधेस–प्रदेशका आठ वटै जिल्लाका पत्रकारहरु सहभागीता रहेको प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादबले जानकारी दिए। उनले पत्रकारिता तालिम १० गते देखि १४ गते सम्म सन्चालन रहने जनाए।अनलाइन पत्रकारिता तालिम कार्यक्रमको अध्यक्षता प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादबले गरेका गिए, भने बिशिस्ठ अतिथी पे्रस काउन्सिलका अध्यक्ष शिबहरी प्र.भट्टराई, नेपाल पत्रकार महासंघका केन्द्रिय सद्स्य ललिता साह, सप्तरिका पुर्व–अध्यक्ष धिरेन्द्र प्र.साह, लगायतको उपस्थिि रहेको थियो।

सोही क्रममा नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवण देवले अनलाइन पत्रकारिता अहिलेको आबस्यक्ता रहेको सम्पुर्णले महसुश गरेका बताए। ‘हामिले पत्रकारिता छापा माध्यमबाट सुरु गरेका थियौं, त्यस बेला अनलाइनको साधन–स्रोत र चलन–चल्ती थिएन’, अध्यक्ष देवले भने, ‘हामिले कागजको पानामा समाचार लोख्ने गर्थ्यौ., टाइप पनी गर्न आउँप गर्न पनि आउँथेन। तर आज हात हातमा आएको मोवाईलले सवैलाई पत्रकार बनाई दिएको छ, अनलाईनमा पहँुच बढाएको छ।’

अनलाईन पत्रकारीता नै अवको मूलधारको पत्रकारीता हुने बताउँदै अध्यक्ष देवले तालिमका सम्पूर्ण सहभागीहरुलाई मन लागाएर तालिममा सहभागी हुन आग्रह गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]