२६ कार्तिक २०८२, बुधबार
12-11-2025 , Wed
×

धनुषा : औरही गाउँपालिकाले ल्याए ३६ करोड भन्दा बढी बजेट

Logo
प्रकाशित शनिबार, आषाढ ११, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम, ११ असार।धनुषा जिल्लाको औरही गाउँपालिकामा ३६ करोड ३४ लाख ४६ हजारको बजेट ल्याएको छ । नगरभाको नीति तथा कार्यक्रम अध्यक्ष उमा शंकर साहले शुक्रबार आज छैठो गाउँ सभामा प्रस्तुत गर्दै सार्वजनिक गरेका छन् ।

आर्थिक बर्ष २०७९/८० मा आन्तरिक श्रोत तर्फबाट ३२ लाख, प्रदेश सरकार समानिकरण तर्फबाट ७१ लाख ४ हजार, समानिकरण केन्द्र तर्फबाट १० करोड ३० लाख, राज्शव बाडफाड तर्फबाट ६ करोड ८९ लाख ५० हजार, चालु आब कोबाकी रकम तर्फबाट १ करोड ५० लाख, समपुरक अनुदान प्रदेश तर्फबाट २९ लाख, विषेश अनुदान प्रदेश तर्फबाट ३० लाख, युनिसेफ नेपाल तर्फबाट ११ लाख ५० हजार ६०० सय रुपैयाँ अनुमानित बजेट विनियोजन गरेको हो । औरही गाउँपालिकाका उपाध्यक्ष पुनम कुमारी साहले सो बजेट प्रस्तुत गरेकी हुन् ।

औरही गाउँपालिकाले बजेट गरेको रकम मध्ये संघीय सरकार शर्सत ( चालू ) तर्फबाट १४ करोड १८ लाख, संघीय सरकार शर्सत ( पुजिगत ) तर्फबाट १ करोड ८२ लाख रुपैयाँ विनियोजन गरेको छ ।
नगरसभाले बजेटमा फोहरमैला प्लास्टिक व्यवस्थापन, शिक्षा, स्वास्थ्य,, खेलकुद, रोजगारी सृजना तथा सहकारी, स्वास्य सेवामा सुधार एवं पहुँच, वातावरण संरक्षण लगायतको नीति ल्याएको छ । सो सभामा वडा अध्यक्षहरु, वडा सदस्य सहित कार्यपालिकाको सदस्यहरु सहभागिता रहेको थियो ।

यी निति तथा कार्यक्रमलाई योजनाको तराजुमा र गहन रुपको छलफल अन्तर्गत कुन योजना प्राथमिकता राख्ने , कुन योजना अभिलमभ कार्यनयन गर्ने जस्तै, कृषि , शिक्षा र स्वास्थ्य मुल धारमा रहेकोर यो बजेट जनताले नमुनाको रूपमा लिने गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत असोक कुमार यादवले बताए । साथै, उनले सभामा बोल्दै भने, ” यहाँहरु यो निति तथा कार्यक्रम पारित गर्न जानुहुन्छ र सो बजेटलाई स्तम्भको रूपमा लिई कार्यनयन बिधि अगाडि लैजाने ” बिश्वास व्यक्त गरे ।यद्यपि, चुनावको समयमा पालिका वासिन्दा सँग वाचा अनुरुप पदभार ग्रहन गरेपछि यस् आर्थिक बर्षमा गाउँपालिका अध्यक्ष साह्ले ल्याएका छन् । नगर सभामा नीति तथा कार्यक्रम सर्वसहमती बाट सार्वजनिकरण भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]