०५ फाल्गुण २०८२, बुधबार
18-02-2026 , Wed
×

सिरहाको लहान नगरपालिकाले ल्यायो १ अर्ब २६ करोड बढीभन्दा बढी बजेट

Logo
प्रकाशित शनिबार, आषाढ ११, २०७९

धर्मेन्द्र पासवान
लहान,११ असार । सिरहाको लहान नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि बजेट १ अर्ब २६ करोड ९१ लाख ३० हजार बजेट प्रस्ताव गरेको छ ।

शुक्रबार भएको १० औं नगर सभामा नगर प्रमुख महेश प्रसाद चौधरीले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त बजेट प्रस्ताव गरेको छ ।

लहान नगरपालिकाको १० औं नगर सभाको प्रमुख अतिथि संघीय सरकारका खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले खानेपानी आयोजनामा स्थानीयको जनश्रमदान अनिवार्य गरेको नीतिले उपभोक्ताबाट हुने काम प्रभावित हुने गरेको बताएका छन् ।

उनले आफ्नो कार्यकालमा जनश्रमदान नीति हटाउने र त्यसको प्रत्यक्ष फायदा तराई मधेशको ४० प्रतिशत जनताले शुद्ध खानेपानीको लाभ लिन सकिने जिकिर समेत गरेका छन् ।

वडाको हिसाबले नेपालको सबैभन्दा ठुलो लहान नगरपालिकाको १० औँ नगरसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री चौधरीले जनश्रमदान नीति हजारौँ खोनपानी आयोजनाहरुको बाधक रहेको जानकारी गराएका छन् ।

मन्त्री चौधरीले लहानवासीले केही दिनमै आफ्नो धाराबाट २४ सै घण्टा शुद्ध खानेपानी पाउने छ । जसको लागि वाटर एडले समेत काम गरिरहेको छ । लहान बजारको ढल निकास (ड्रेनेज) जमिनमुनिको नालाको लागि मन्त्रालयबाट बजेट विनियोजन गरिने पनि आश्वासन व्यक्त गरे ।

लहानमा खानेपानी एउटा ठुलो समस्या रहेको भन्दै मेयर महेश चौधरीले खानेपानीको समस्या रहेको वडाहरुमा मन्त्री उमाकान्त चौधरीलाई आफुसंगै नगरपालिकाको निरीक्षण गराएका थिए ।

लहान नगरपालिकाको नीतिमा नै ढल निर्माणका लागि नगरपालिकाले व्यहोर्नुपर्ने रकमका लागि नगर सभाबाट १ करोड रुपैयाँ विनियोजन गरिएको नगरप्रमुख महेश चौधरीले जानकारी गराएको छ ।

उद्घाटन सत्रको कार्यक्रममा उपप्रमुख रामचलितर महतोले स्वागत मन्त्वय व्यक्त गरेका थिए । स्थानीय राजतीतिक दलका प्रतिनिधि, समाजिक अगुवा, शिक्षक, वडाअध्यक्ष, वडासदस्य लगायत हजारौँ व्यक्तिहरुको सहभागीतामा नगर सभाको उद्घाटन कार्यक्रम भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]