०५ बैशाख २०८३, आइतबार
19-04-2026 , Sun
×

सिरहाको लाहानमा गोली चल्यो

Logo
प्रकाशित आइतबार, आषाढ १२, २०७९

न्यूजमधेश डेस्क
सिराहा,१२ असार । सिरहाको लहानमा गोली चलेको छ। लाहान -२२ मा पर्ने जटियाही टोलमा गोली चलेको हो । गोली लागेर एकजना घाइते भएको छ।

प्रहरी श्रोतको अनुसार स्थानीय रवीन्द्र चौधरीको घरमा १९ वर्षीय सुशान्त चौधरी, १५ वर्षीय सुरज मुखिया र १८ वर्षीय दिलिप मुखिया गफगाफ गरिरहेको बेला ख्याल ठट्टा गर्दै सुशान्तले आफ्नै साथी माथि गोली चलाए । घटनामा दिलिपको पेटमा गोली लागेको छ।

घटनामा संलग्न सुशान्त र सुरजलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते दिलिपको उपचार धरानमा भईरहेको छ ।

घटनास्थलबाट प्रहरीले कटुवा पेस्तोल १ थान, ७.६५ एमएम लेखिएको गोली ५ राउन्ड, म्यागजिन १ थान, गोलीको खोखा एक थान बरामद गरेको छ। घटना बारे थप अनुसन्धान भईरहेको ईप्रका लाहानका डिएसपी कुमार मैनालीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]