०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

जिल्ला समन्वय समिति सप्तरीमा संयुक्त गठबन्धनको प्यानल नै विजयी

Logo
प्रकाशित आइतबार, आषाढ १२, २०७९

ललिता साह
सप्तरी,१२ असार । जिल्ला समन्वय समिति सप्तरीको दोस्रो कार्यकालको लागि संयुक्त गठबन्धनको प्यानल नै विजय भएको छ ।

नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका संयुक्त प्यानलका साझा उम्मेदवारहरुले विजयी प्राप्त गरेका हुन् ।

संयुक्त गठबन्धनबाट प्रमुखका उम्मेदवार रहेका नेपाली कांग्रेसका शिव नारायण साहले २३ मत प्राप्त गरी विजय हाँहिल गरेका छन् । उनले जनता समाजवादी पार्टी र नेकपा एमालेका संयुक्त उम्मेदवार छेदी अरगरिया यादवलाई पराजित गरेका हुन् ।

त्यसैगरी उपप्रमुखमा संयुक्त गठबन्धनबाटै लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार बनेका शम्भु कुमार यादव विजयी भएका छन् । यता महिला सदस्यमा रंजिता कुमारी चौधरी, सविता कुमारी साह र प्राण मोतीदेवी विजय भएका छन् ।

दलित अल्पसंख्यकमा वौहरी भगत र खुल्ला सदस्यहरुमा जागेश्वर यादव, सत्यनारायण मण्डल र बुद्धी लाल यादवले विजय प्राप्त गरेका छन् । निर्वाचित भएर आएका नौ सदस्य नयाँ कार्य समितिले आगामी पाँच वर्षसम्म जिल्ला समन्वय समिति चलाउने छन् ।

आइतबार सम्पन्न निर्वाचनमा सप्तरी जिल्लाका १८ वटै पालिकाका प्रमुख तथा उपप्रमुख गरी ३६ जना मतदाताहरुले मतदान गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]