१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

सिरहाका मेयर डा.यादवले पढाईकै समयमा विद्यार्थीको कपाल काटेपछि चौतर्फी आलोचना

Logo
प्रकाशित सोमबार, आषाढ १३, २०७९

न्यूजमधेश डेस्क
सिरहा ,१३ असार। सिरहा नगरपालिकाका नगरप्रमुख डा. नविन यादवले विद्यालयमा पसेर जब विद्यार्थीहरुको कपाल काटिएपछी चौतर्फी आलोचना हुन थालेको छ ।

नगर प्रमुखमा निर्वाचित भएपछि नगर प्रमुख यादवले जनभावनाको काम गर्न चाहेपनि गलत सल्लाहकारको पछि लागेर जनभावना विपरित कार्य गरेको भन्दै चौतर्फी आलोचना भएको छ ।

समुदायिक विद्यालयमा अध्ययन अध्ययापनको लागि जाने गरेका गरिब, निमुखा बालबालिकाहरुलाई कुनै पूर्व सूचना नै नदिएर एकाएक स्कूलभित्र पसेर कपाल काटिदिएपछि उनीहरुको मानसिक स्थितिमा गम्भिर असर पर्न सकेको हुनुपर्ने बालविज्ञहरु बताउँछन् ।

आईतबार सिरहा नगरपालिका वडा नम्बर ११ भलुवाहस्थित रहेको समुदायिक विद्यालयमा प्रायः सबै बालकहरुको कपालमा कैँचाी चलाएका छन् । उनीहरुलाई यस्तो कपाल नराख्न सुझाव वा स्कूल प्रशासनलाई निर्देशन दिई समय दिनुको साटो एकाएक स्कूलमा हजाम लिएर पसेका मेयरले ओभर शोअफ गरेपछि उनको आलोचना भएको छ ।

नगर प्रमुख जस्तो सार्वजनिक पदधारी व्यक्तिले समुदायिक विद्यालयमा पढने ती बालकहरुलाई बिना कुनै पूर्व निर्देशनको एक्कासी स्कूलभित्र पसेर कपाल काटेपछि कच्चा उमेरका उनीहरुमा मानसिक स्थितिको असर हुन सक्ने अनुमान गरिएको छ ।

एक प्रकारले ती बालकहरुलाई बेईज्जत महसुस भएको हुनुपर्ने र यसले उनको मानसिक स्थितिमा प्रतिकूल असर परेको अनुमान गरिएको छ ।

समुदायिक विद्यालयमा क्लास चलिरहेको बेलामा मेयर यादवले डनगिरी देखाउँदै एकाएक पसे । बिना कुनै सोधपुछभन्दा पनि उनीहरुको कपाल काटन लगाएको आरोप स्कूलका एक कर्मचारीले लगाए ।

“उनीहरुलाई एक दिनको समय दिन सकिन्थ्यो, बरु स्कूलको प्रशासनलाई बालकहरुले सभ्य तवरले कपाल बनाएर आउनुपर्ने जस्ता निर्देशन दिन सकिन्थ्यो । निर्देशन पालना नभएर कक्षाभित्र नै कपाल काट्ने चेतावनी दिन सकिन्थ्यो, तर त्यस्तो नगरिकन एकाएक बिना कुनै पूर्व सूचना, सम्झाउन भन्दा पनि कपाल काटे, यसले उनीहरुको दिमागमा खराब र नाकारात्मक असर पर्न सक्छ ।”– नाम नखोल्ने शर्तमा एक कर्मचारीले बताए ।

यति मात्र होईन, अति विपन्न परिवारका बालबालिकाहरुलाई स्कूले पोशाक नभएको खण्डमा कक्षाबाट बाहिर निकालिदिए मेयरले । पोशाक नभएकै खण्डमा बालबालिकाहरुलाई पढाईबाट बँचित गरेपछि उनको कडा आलोचना भएको छ ।

सो क्रममा उनले विद्यालयको अवस्था सुधारको लागि विद्यालय प्रशासनलाई निर्देशन पनि दिए । त्यसरी नै विद्यार्थीहरुको कपालको सवालमा निर्देशन दिएको भए उत्तम हुने थियो भन्दै एक कर्मचारीले उनको शैलीको आलोचना गरे ।

यस सन्दर्भमा सिरहाका मेयर यादवसँग सम्पर्क गर्दा उनी व्यस्तता जनाए ।

सोही सन्दर्भमा सिरहा प्रमुख जिल्ला अधिकारी (सिडिओ) लालबाबु कवारीले यस सन्दर्भमा आफूलाई केही थाहा नभएको र यसबारे बुझेर मात्र भन्न सकिने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]