११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

सिरहाका मेयर डा.यादवले पढाईकै समयमा विद्यार्थीको कपाल काटेपछि चौतर्फी आलोचना

Logo
प्रकाशित सोमबार, आषाढ १३, २०७९

न्यूजमधेश डेस्क
सिरहा ,१३ असार। सिरहा नगरपालिकाका नगरप्रमुख डा. नविन यादवले विद्यालयमा पसेर जब विद्यार्थीहरुको कपाल काटिएपछी चौतर्फी आलोचना हुन थालेको छ ।

नगर प्रमुखमा निर्वाचित भएपछि नगर प्रमुख यादवले जनभावनाको काम गर्न चाहेपनि गलत सल्लाहकारको पछि लागेर जनभावना विपरित कार्य गरेको भन्दै चौतर्फी आलोचना भएको छ ।

समुदायिक विद्यालयमा अध्ययन अध्ययापनको लागि जाने गरेका गरिब, निमुखा बालबालिकाहरुलाई कुनै पूर्व सूचना नै नदिएर एकाएक स्कूलभित्र पसेर कपाल काटिदिएपछि उनीहरुको मानसिक स्थितिमा गम्भिर असर पर्न सकेको हुनुपर्ने बालविज्ञहरु बताउँछन् ।

आईतबार सिरहा नगरपालिका वडा नम्बर ११ भलुवाहस्थित रहेको समुदायिक विद्यालयमा प्रायः सबै बालकहरुको कपालमा कैँचाी चलाएका छन् । उनीहरुलाई यस्तो कपाल नराख्न सुझाव वा स्कूल प्रशासनलाई निर्देशन दिई समय दिनुको साटो एकाएक स्कूलमा हजाम लिएर पसेका मेयरले ओभर शोअफ गरेपछि उनको आलोचना भएको छ ।

नगर प्रमुख जस्तो सार्वजनिक पदधारी व्यक्तिले समुदायिक विद्यालयमा पढने ती बालकहरुलाई बिना कुनै पूर्व निर्देशनको एक्कासी स्कूलभित्र पसेर कपाल काटेपछि कच्चा उमेरका उनीहरुमा मानसिक स्थितिको असर हुन सक्ने अनुमान गरिएको छ ।

एक प्रकारले ती बालकहरुलाई बेईज्जत महसुस भएको हुनुपर्ने र यसले उनको मानसिक स्थितिमा प्रतिकूल असर परेको अनुमान गरिएको छ ।

समुदायिक विद्यालयमा क्लास चलिरहेको बेलामा मेयर यादवले डनगिरी देखाउँदै एकाएक पसे । बिना कुनै सोधपुछभन्दा पनि उनीहरुको कपाल काटन लगाएको आरोप स्कूलका एक कर्मचारीले लगाए ।

“उनीहरुलाई एक दिनको समय दिन सकिन्थ्यो, बरु स्कूलको प्रशासनलाई बालकहरुले सभ्य तवरले कपाल बनाएर आउनुपर्ने जस्ता निर्देशन दिन सकिन्थ्यो । निर्देशन पालना नभएर कक्षाभित्र नै कपाल काट्ने चेतावनी दिन सकिन्थ्यो, तर त्यस्तो नगरिकन एकाएक बिना कुनै पूर्व सूचना, सम्झाउन भन्दा पनि कपाल काटे, यसले उनीहरुको दिमागमा खराब र नाकारात्मक असर पर्न सक्छ ।”– नाम नखोल्ने शर्तमा एक कर्मचारीले बताए ।

यति मात्र होईन, अति विपन्न परिवारका बालबालिकाहरुलाई स्कूले पोशाक नभएको खण्डमा कक्षाबाट बाहिर निकालिदिए मेयरले । पोशाक नभएकै खण्डमा बालबालिकाहरुलाई पढाईबाट बँचित गरेपछि उनको कडा आलोचना भएको छ ।

सो क्रममा उनले विद्यालयको अवस्था सुधारको लागि विद्यालय प्रशासनलाई निर्देशन पनि दिए । त्यसरी नै विद्यार्थीहरुको कपालको सवालमा निर्देशन दिएको भए उत्तम हुने थियो भन्दै एक कर्मचारीले उनको शैलीको आलोचना गरे ।

यस सन्दर्भमा सिरहाका मेयर यादवसँग सम्पर्क गर्दा उनी व्यस्तता जनाए ।

सोही सन्दर्भमा सिरहा प्रमुख जिल्ला अधिकारी (सिडिओ) लालबाबु कवारीले यस सन्दर्भमा आफूलाई केही थाहा नभएको र यसबारे बुझेर मात्र भन्न सकिने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]