०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

धनुषाको ईनर्वामा सशस्त्र प्रहरीको नवनिर्मित भवन उद्घाटन

Logo
प्रकाशित मंगलबार, आषाढ १४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१४ असार। धनुषाको ईनर्वामा सशस्त्र प्रहरी विओपीको नयाँ भवन निर्माण भएको छ । निर्माण भएको नयाँ भवनको मंगलबार उद्घाटन गरिएको छ ।

मधेश प्रदेशका सशस्त्र प्रहरी डिआईजी गणेश ठाडा मगर र जनकनन्दनी गाउँपालिका अध्यक्ष दिपिन देव यादवले मंगलबार संयुक्त रुपमा सशस्त्र प्रहरीको नयाँ भवनको उद्घाटन गरेका हुन् ।

उद्घाटन गर्दै डिआईजी मगरले सिमावर्ती क्षेत्रमा हुने अपराधिक गतिविधि रोक्न विओपीको मुख्य भूमिका रहने भएकाले चुस्तदुरुस्त रुपमा काम गर्न मातहतका प्रहरीलाई निर्देशन दिए ।

बर्षौदेखि इनर्वा बोर्डरमा एक मात्र रेल्वे भवन हुँदा सुरक्षाको दृष्टि र भन्सार व्यवस्थापनको लागि समस्या हुँदै आएकोमा नयाँ भवन सुविधा सम्पन्न निर्माण गरिएको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले बताए ।

भवनमा चिस्यान, अन्न भण्डार, शौँचालय, किचेन, जवान बस्ने क्वार्टर रहेको छ ।

कार्यक्रममा सशस्त्र प्रहरी बल धनुषाका एसपी प्रकाश सुबेदी सहित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]