१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

धनुषामा राजीनामा दिएकी शिक्षिकालाई पुन हाजिर गराएको भन्दै स्थानीयले लगाए विद्यालयमा ताल्चा

Logo
प्रकाशित मंगलबार, आषाढ १४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१४ असार।माध्यमिक विद्यालय बरमझियाका प्रधानाध्यापकले राजीनामा गरि सकेकी शिक्षिकालाई पुन विद्यालयमा हाजिरी गराएको भन्दै स्थानीयबासीहरुले आज बिद्यालयमा तालाबन्दी गरेका छन् ।

प्रअ राजदेव यादव आर्थिक प्रलोभनमा परि स्वच्छीक राजीनामा दिएका शिक्षिका रेखा यादवलाई पुन हाजिरी गराइ कामकाजमा लगाएको विरुद्धमा स्थानीय बासी आन्दोलित भएको हो । स्थानीय तहको निर्वाचनमा उपमेयर पदमा उमेदबार बनेकी रेखा यादवले बैसाख ८ गते राजीनामा दिएका थिए । विद्यालयमा प्रत्यक्ष राजनीति हुने गरेकोले पठनपाठनमा असर परेको स्थानीयबासीहरुले बताउने गरेका छन् ।

त्यतिकै पनि विद्यालयमा शिक्षिकको अभाव रहेको छ । केही शिक्षकहरुले खुल्ला राजनितिक गरिरहेको कारण विद्यालयको शैक्षिक अवस्थामा नकारात्मक प्रभाव परेको वडा अध्यक्ष नन्दकिशोर यादवले बताए । अपुग शिक्षक र विभिन्न राजनीतिक उथलपुथलको कारण विद्यालयमा पुर्ण कक्षा संचलान हुन नसकेको विद्यार्थीहरुको गुनासो रहेको छ ।

माध्यमिक विद्यालय बरमझियामा रेखा यादव प्रा.वि. राहत तृतीय श्रेणी पदमा कार्यरत रहेका थिए । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा शिक्षिका रेखा यादवले विद्यालयको प्रधानाध्यापकलाई संवोधन गर्दै मिति ०७९ बैसाख ८ गते घरायसी कारण देखाइ राजीनामा दिएको थियो । राजिनामा पत्रमा प्रधानाध्यापक राजदेव यादवले तोक लगाइएको अवस्थामा मिति ०७९ बैसाख ८ गते नै दर्ता गरि राखिएको देखिन्छ ।

दर्ता नं. २१ रहेको दर्ता किताबबाट देखिन्छ । मिति ०७९ बैसाख ९ गते देखि लागू हुने गरि प्र.अ. राजदेव यादवले राजिनामा स्वीकृत गरिएको मिति ०७९ बैसाख ९ गते पं.सं. २०७८÷०७९ च. नं. ६२ को पत्र रेखा यादवको नाममा पठाएको देखिन्छ । उक्त पत्रको वोदार्थमा जिल्ला शिक्षा विकास समन्वय इकाई धनुषा र गणेशमान चारनाथ नगरपालिका बिरेन्द्रबजार उल्लेख गरिएको छ ।

ती सक्कल राजिनामा पत्र र सक्कल स्वीकृत गरिएको पत्र र सक्कल दर्ता चलानी किताब समेत लुकाएर राखेको र रेखा यादवलाइ पुनः विद्यालयमा हाजिरी गराइ कामकाजमा लगाइएकोले विद्यार्थी तथा स्थानीयबासी केही दिन देखि आन्दोलित भएका छन् । .l

वडा कार्यालयले असार २ गते नागरिकको गुनासो तथा समस्या पहिचानको लागि राखिएको बैठकबाट राजीनामा गरिसकेकी शिक्षिका रेखा यादवलाई प्र.अ. राजदेव यादवले पुन हाजिरी गराइ कामकाजमा लगाएको जनगुनासो प्राप्त भएको आधारमा शिक्षिका रेखा यादवको विषयमा आवश्यक छानवीन गरि कारवाहीको लागि नगरपालिकाको कार्यालयमा सिफारिस पठाए पनि हालसम्म मेयर जितनारायण यादव, उपमेयर तुल्सा पाण्डे पटेल र प्रमुख प्रशासकीय अधिकृत लखनदेव यादवले कुनै चासो नराखेको वडा अध्यक्ष नन्दकिशोर यादवले गुनासो गरे ।

शिक्षिा जस्तो संवेदनशिल विषयमा पनि जिल्ला शिक्षा विकास समन्वय इकाइ धनुषा र नगरपालिकाको कार्यालयले कुनै प्रकारको प्रतिक्रिया नजनाउनु कतै न कतै यीनीहरुको मिलोमतो रहेको त छैन ? भन्ने प्रश्न अभिभावकहरुले गरिरहेको छ । यस प्रकारले मन लागेको खण्डमा चुनाव लड्नलाई राजीनामा दिने र चुनाव सकेपछि पुन राजीनामा फिर्ता लिइ शिक्षण पेशामा जाने हो भने सवै शिक्षक कर्मचारीहरुलाई सरकारले यस्तै कानून निमार्ण गरि लागु गर्दा हुन्थ्यो होला ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जनमत पार्टीले बैशाख १५ गते हुने उपनिर्वाचन अन्तर्गत इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पहिचानवादीहरूको तर्फबाट थाम्सुहाङ उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष डा. सीके राउतले बताए । थाम्सुहाङ किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्ष हुन् । जनमतको हालै बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको […]

जनकपुरधाम । गएराति सर्लाहीको चक्रघट्टा गाउँपालिका-३ सुन्द्रपुरबाट एक मोटरसाइकल चोरी भएको छ। स्थानीय रबिन्द्र कुमार पण्डितको घरबाट उनको प्रदेश-०२-००५ प २८६२ नम्बरको टिभिएस कम्पनीका बुल्लु रंगको एप्पाच्ची मोटरसाइकल चोरी भएको हो। एक सय ५० सीसीको सो मोटरसाइकल राति घरबाटै चोरी भएको मोटरसाइकल धनी पण्डितले बताए ।

जनकपुरधाम। मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज शनिबार एमालेका प्रदेशसभा सदस्यहरु सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका छन् । राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य […]