०५ कार्तिक २०८२, बुधबार
22-10-2025 , Wed
×

बलान बिहुलका सम्पुर्ण विद्यालयलाई प्रविधि संग जोडछु : अध्यक्ष यादव

Logo
प्रकाशित मंगलबार, आषाढ १४, २०७९

न्यूजमधेश डेस्क
सप्तरी,१४ असार । अहिलेको शिक्षालाई प्रविधि संग नजोडे सिकाउने प्रक्रियामा नवीनतम आयामहरु थपिन नसकिने बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले बताएका छन्।

प्रविधिको प्रयोगले आजको विधार्थीले भोलि गएर आफ्नो अस्तित्व स्थापित गर्न र युगानुकूल ज्ञानको संसारमा छुट्टै पहिचान बनाउन सक्ने अध्यक्ष यादवले जिकिर गरे ।

बलान बिहुल- ६ सेहरा- रौतहटमा अवस्थित जा.गा.ज.मा.वि ले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै गा.पा अध्यक्षले त्यसो भनेका हुन । यादवले भने ‘शिक्षामा प्रविधिको प्रयोगलाई अर्थपूर्ण रूपमा हेर्नुपर्छ ।”

आउने केहि दिनमै सेहरा मा.वि. लगायत अन्य विद्यालयहरुमा ईन्टरनेट तथा सिसिटिभी जडान गर्ने उनले प्रतिबद्धता गरे । यादवले देशको वर्तमान शैक्षिक अवस्था बारे टिप्पणी गर्दै भने ‘देशका सम्पूर्ण शैक्षिक संस्थाहरू परम्परागत शिक्षण शैलीको मानसिकताबाट माथि उठ्न सकेका छैनन् ।

परम्परागत चालचलनहरूलाई अनुसरण गर्दै विद्यार्थीहरूलाई शिक्षकले भनेका शब्दहरू दोहो-याएर, कराएर वाचन गर्ने शिक्षण पद्धति चलनचल्तीमा छन् । शिक्षकका भाषण, प्रवचन, व्याख्या, वर्णनजस्ता शैक्षणिक विधिले अब शिक्षामा गुणस्तरीयता खोज्नु कति सान्दर्भिक हुन्छ, सबैले सोच्नुपर्ने बेला आएको छ । किताबमा लेखिएका विषयवस्तुहरू कण्ठ पारेर परीक्षामा हुबहु जसले नक्कल गर्न सक्यो उसैले उपल्लो ग्रेड प्राप्त गर्ने पद्धतिले गुणस्तर खस्केको छ ।’

त्यसैगरी उक्त विद्यालयका प्र.अ विनोदानन्द झाले स्थानीय सरकारले आर्थिक रुपमा विद्यालयलाई सहयोग गर्नुपर्ने माग गरे । झा ले भने ‘पुर्वाधार बिकासको लागि ८ करोड बजेट आएको छ जुन सराहनीय छ । आउने दिनमा यस विधालयमा कक्षा कोठाको कमी हुनेछैन तर यतिले मात्र पुग्दैन । विधालको शैक्षिक वातावरणलाई अझ सुदृढीकरण गर्न थप शिक्षक ल्याउनुपर्ने हुन्छ र यसमा पालिकाको सकारात्मक सहयोग हुनुपर्छ ।”

उक्त सम्मान कार्यक्रममा ६ वटै वडाका अध्यक्ष एवं कार्यपालिका सदस्यहरु, विद्यालयका शिक्षक, शिक्षा समितिका अध्यक्ष, सञ्चारकर्मीलगायको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]