०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

जनकपुरबाट पेस्तोल र गोलीसहित ३७ वर्षीय अधिकारी पक्राउ

Logo
प्रकाशित मंगलबार, आषाढ १४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१४ असार । जनकपुरधामबाट पेस्तोल र गोलीसहित एक युवक पक्राउ परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ थापाचोक बस्ने ३७ वर्षीय मनिष अधिकारीलाईपेस्तोल र गोलीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सोमबार राति मनिषको घरको छतमाथि गोली चलेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगी घरको खानतलासी गर्दा किचन कोठाको टपमाथि लुकाई राखेको अवस्थामा गोली लोड गरेको म्याग्जिन सहितको पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए ।

मनिषले आफ्नो श्रीमतिसँग घरायसी वादविवाद हुँदा घरमै लुकाएर राखेको पेस्तोलबाट गोली चलाएको देखिएको प्रहरीको भनाई छ ।

पक्राउ परेका उनीमाथि हातहतियार तथा खरखजाना मुद्दा शिर्षकमा म्याद थप गरी अन्य अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]