२४ फाल्गुण २०८२, सोमबार
09-03-2026 , Mon
×

महिला, दलित र सीमान्तकृतको पहुँच मतदाता सूचीमा सुनिश्चित गर्न माग

Logo
प्रकाशित मंगलबार, आषाढ १४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१४ असार । मतदाता सूचीमा महिला, दलित र सीमान्तकृत समुदायको पहुँच सुनिश्चित गर्न माग गरिएको छ ।

दलित सरोकार मञ्च नेपाल सप्तरी र राष्ट्रिय दलित पत्रकार संघ धनुषाले मंगलबार जनकपुरधाममा सरोकारबालासँग अन्तरकृया कार्यक्रमको आयोजना गरी उक्त माग गरिएको छ ।

कार्यक्रममा मधेस प्रदेशमा दलित वर्गलाई निर्वाचनमा सहभागि गराउन तथा मतदाता नामावली संकलन गर्न दलित केन्द्रित मतदाता कार्यत्रबmम संचालन गर्न सरोकारवालाले जोड दिए ।

उनीहरुले दलित समुदाय सधैं भेदभावको शिकार हुँदै आएका कारण उनीहरुको समस्या समाधान गर्न सरकारसँग माग गरे ।

कार्यक्रमका प्रमुख अतिथि लोसपाका प्रदेश सांसद प्रमेश्वर साहले विभेदकारी संविधानका कारण दलित विभिन्न समस्याबाट गुज्रिरहेको बताए ।

सांसद साहले सीमान्तकृत समुदाय र महिला दलितलाई दबाबमा राख्न चाहने दललाई मधेसका जनताले भोट दिएकाले महिला, दलित र सीमान्तकृत समुदायका समस्या समाधान हुन नसकेको गुनासो गरे ।

अर्का प्रदेश सांसद चमेलीदेवी दासले दलितको मतदाता नामावली वा नागरिकताको समस्या समाधानका लागि संसदमा आवाज उठाए पनि प्रदेश सरकार पेन्डुलमजस्तै भएकाले कुनै समाधान हुन नसकेको बताइन् ।

दलित सरोकार मञ्चले महिला, दलितलगायत सीमान्तकृत जनताका समस्या समाधानका लागि प्रदेशका अन्य जिल्लामा पनि अन्तरक्रिया गरिरहेको फोरमका कार्यक्रम संयोजक रोशन पासवानले बताए ।

राष्ट्रिय दलित पत्रकार संघ धनुषाका अध्यक्ष कुलदीप दास प्रेमको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]