२७ कार्तिक २०८२, बिहिबार
13-11-2025 , Thu
×

प्रधानाध्यापक महरालाई दुव्र्यवहारको घटनामा यी दुईजनाविरुद्ध जाहेरी दर्ता

Logo
प्रकाशित बुधबार, आषाढ १५, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१५ असार।धनुषाको एक विद्यालयमा अभिभावक भेला गराएका प्रधानाध्यापकमाथि गैर अभिभावकको एक समुहले दुव्र्यवहार गर्दै कालोमोसो गरेपछि अहिले उनी न्यायका लागि अघि बढेका छन् ।

धनुषाको औरही गाउँपालिका वडा नम्बर १ स्थित श्रीराम जानकी माध्यमिक विद्यालयका प्रधानाध्यापक मदन कुमार महरालाई गैर अभिभावकको एक समूहले कालोमोसो गरी दुव्र्यवहार समेत गरेका थिए । उनले जिल्ला प्रशासन कार्यालय धनुषामा आरोपितलाई कारवाही गर्न माग गर्दै जाहेरी दिएका छन् ।

गत शनिबार आयोजित अभिभावक भेलामा गैर अभिभावकहरूले होहल्ला गर्दै प्रधानाध्यापक महरामाथि कालोमोसो गरेका थिए । आफूमाथि कालोमोसोका साथै दुव्र्यवहार गरेको भन्दै प्रधानाध्यापक महराले स्थानीय सुजीत यादव र रामनाथ यादव विरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा जाहेरी दिएका हुन् ।

घटना भएको अर्कोदिन आइतबार अभिभावकहरु सहितको टोलीले जिल्ला प्रशासन कार्यालय पुगेर न्यायका लागि दुबै जना बिरुद्ध जाहेरी दिएको प्रधानाध्यापक महराले बताए । औरही गाउँपालिकाका निवर्तमान अध्यक्ष ब्रह्मदेव यादव निकटका व्यक्ति रामनाथ यादव र सुजित यादवले योजनाबद्धरुपमा आफूलाई कालोमोसो गरेको महराको आरोप छ ।

रामजानकी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति पुनः गठनको विषयलाई लिएर यादवले प्रधानाध्यापक महरामाथि प्रतिशोध साँध्ने गरी अभद्र व्यवहार गरेको विद्यालयका कार्यालय सहयोगी जीतनारायण यादवले बताए ।

विवादकै क्रममा प्रधानाध्यापक महरालाई बचाउन खोज्दा आफू सहित श्रीमतीमाथि समेत हातपात गरेको कार्यालय सहयोगी जितनारायणले आरोप लगाए । कार्यालय सहयोगी जितनारायणले भने, ‘म र मेरी श्रीमतीमाथि समेत उनीहरुले हातपात गरे, न्यायका लागि आफू समेत जाहेरी दिने तयारीमा छु ।’

गाउँपालिकाका निवर्तमान अध्यक्ष ब्रह्मदेव यादवले आरोपित सुजित यादवलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउनका लागि प्रधानाध्यापक महरालाई दवाव दिँदै आएको थियो । उनले अभिभावकको भेलाबाट लोकतान्त्रिक प्रक्रिया अनुसार निर्वाचित भएर बन्नुपर्ने अडान लिएपछि उनीमाथि दुर्व्यवहारसहित कालोमोसो गरिएको उनको दावी छ ।

मधेश प्रदेश सरकारबाट शैक्षिक सुदृढिकरण तथा सामान्य मरम्मत सम्भारका लागि प्राप्त ३० लाख रुपैयाँ र संघीय सरकार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चारकोठे भवन निर्माणका लागि प्राप्त ३६ लाख रुपैयाँलाई सदुपयोग गर्ने र विद्यालयको शिक्षा तथा शैक्षिक सुधार सहितका लागि सरसल्लाह लिनका लागि शनिबारको दिन आयोजित अभिभावक भेलामा अर्कै विषयलाई मुद्दा बनाएर गैर अभिभावक रामनाथ यादव र सुजित यादवले हो–हल्लासहित दुव्र्यवहार गर्दै कालोमोसो दल्ने देखि कुटपिटसम्ममा उत्रेको प्रधानाध्यापक महराले बताए ।

यता विभिन्न शिक्षक संगठन तथा दलित अधिकारकर्मीहरूले समेत शिक्षक तथा दलितमाथि भएको दुर्व्यवहारसहितको घटनाको घोर भत्र्सना गरेको छ । भने कारवाहीका लागि माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]