३० चैत्र २०८२, मंगलबार
14-04-2026 , Tue
×

कतारमा मृत्यु भएका रितेश्वरको शव २२ दिनपछि एनआरएमएले स्वदेश पठाइयो

Logo
प्रकाशित आइतबार, आषाढ १९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१९ असार। पछिल्लो १४ बर्षदेखि कतारमा काम गर्दै आएका एक नेपालीको मृत्यु भएको २२ दिनपछि शव स्वदेश पठाइएको छ ।

कतारस्थित रामको कम्पनीमा कार्यरत धनुषाको मिथिला बिहारी नगरपालिका ८ निवासी ४६ बर्षीय रितेश्वर यादवको शवलाई घर पु¥याइएको हो । २२ दिनअघि उनको कम्पनीमै भएको दुर्घटनामा परी मृत्यु भएको थियो ।

जनमत पार्टीका अन्तर्राष्ट्रिय संगठन गैर आवासीय मधेसी संघ शाखा कतारले उनको शव स्वदेश ल्याउन पहल गरेको हो ।

मृतक रितेश्वरको शव संघका सल्लाहकार विजय यादवले घरसम्मै लिएर गएको संघकका अध्यक्ष ईन्जिनियर विजय कुमार यादवले बताएका छन् ।

उक्त कार्यमा अध्यक्षसहित उपाध्यक्ष जितेन्द्र कुमार यादव, सह कोषाध्यक्ष नन्द कुमार ठाकुर, केन्द्रीय कोर्डिनेटर तथा प्रेस जनमत संघ अन्तराष्ट्रिय सदस्य बिनोद कुमार यादव, केन्द्रीय सदस्य ई. प्रमोद ठाकुर, सदस्य जितनारायण यादव, सल्लाहकार विजय यादवसहितकाले सहयोग गरेको अध्यक्ष यादवले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]