२३ बैशाख २०८२, बुधबार
07-05-2025 , Wed
×

सर्लाहीमा पेस्तोलसहित एक जना प्रक्राउ

Logo
प्रकाशित मंगलबार, आषाढ २१, २०७९

रितिक अधीकारी
सर्लाही ,२१ असार। हरिवन प्रहरीले लुकाई छिपाई राखेको पेस्तोल र गोलीसहित एक जना पुरुषलाई पक्राउ गरेको छ । मंगलबार हरिवन नगरपालिका–११ बस्ने ४३ ववर्षीय छोटेलाल दासलाई एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने १ राउण्ड गोलीसहित हरिवन प्रहरीले पक्राउ गरेको छ ।

दासले हरिवन बजारमा किराना पसल सञ्चालन गर्दै आएका थिए । उनले सञ्चालन गरेका किराना पसलबाट उक्त हतियार बरामद भएको ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ । बिशेष सुराकीको आधारमा हरिवन प्रहरीले दासको किराना पसलमा खानतलासी गरेको थियो ।

बरामद पेस्तोल र गोलीसहित दासलाई प्रहरिले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]