३० चैत्र २०८२, मंगलबार
14-04-2026 , Tue
×

सर्लाहीमा पेस्तोलसहित एक जना प्रक्राउ

Logo
प्रकाशित मंगलबार, आषाढ २१, २०७९

रितिक अधीकारी
सर्लाही ,२१ असार। हरिवन प्रहरीले लुकाई छिपाई राखेको पेस्तोल र गोलीसहित एक जना पुरुषलाई पक्राउ गरेको छ । मंगलबार हरिवन नगरपालिका–११ बस्ने ४३ ववर्षीय छोटेलाल दासलाई एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने १ राउण्ड गोलीसहित हरिवन प्रहरीले पक्राउ गरेको छ ।

दासले हरिवन बजारमा किराना पसल सञ्चालन गर्दै आएका थिए । उनले सञ्चालन गरेका किराना पसलबाट उक्त हतियार बरामद भएको ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ । बिशेष सुराकीको आधारमा हरिवन प्रहरीले दासको किराना पसलमा खानतलासी गरेको थियो ।

बरामद पेस्तोल र गोलीसहित दासलाई प्रहरिले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]