१० आश्विन २०८०, बुधबार
27-09-2023 , Wed
×

नदिमा डुबेर एक किशोरीको मृत्यु

Logo
प्रकाशित शुक्रबार, साउन १७, २०७६

राजेन्द्र महतो,लहान।सिरहामा नदिमा डुबेर एक किशोरीको मृत्यु भएको छ।कल्याणपुर नगरपालिका वाड नं. ९ रुदलपुर स्थित रहेको घुर्मी नदिमा डुबेर एक जना किशोरीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सोही स्थानमा बस्ने रास लाल महतो को १४ वर्षीय छोरी रुन्ची कुमारी महतोको घुर्मी नदिमा डुवेर मृत्यु भएको हो । छोरीको मृत्युले उनका परिवारजन शोकमा परेका छन ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घरबाट भैंसी लिएर घुर्मी नदिमा नुहाउने क्रममा किशोरी डुबेर मृत अबस्थामा फेला परेकी हुन।
उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]

राजविराज । सप्तरीको तिलाठी कोईलाडी नगरपालिकामा विभिन्न पार्टी परित्याग गर्दै सयौ जना नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न। नगरपालिका वडा नम्बर ६ मधेपुरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। जनमत पार्टीका केन्द्रिय सदस्य डा.सीके सिंह र जनमत पार्टी सप्तरी इन्चार्ज राम गमन साहले नव प्रवेशी नेताकार्यकर्तालाई टीका लगाएर पार्टीमा […]

बारा । बारा जिल्लामा नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा एक पूर्वसशस्त्र प्रहरी जवानको शव भेटिएको प्रहरीले जनाएको छ । पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा आज बिहानै स्थानीयवासीले ३४ वर्षीय अमरेशकुमार सिंहको शव देखेर प्रहरीलाई खबर गरेको थियो […]