३० चैत्र २०८२, मंगलबार
14-04-2026 , Tue
×

काठमाडौंका मेयर साहलाई महोत्तरीको मटिहानी भ्रमणको निम्तो

Logo
प्रकाशित बुधबार, आषाढ २२, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं, २२ असार । देशको संघीय राजधानी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र मटिहानी नगरपालिका मेयर हरिप्रसाद मण्डलबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको भेटघाटका क्रममा मेयरद्वयबीच सांस्कृतिक नगरी काठमाडौं र मटिहानीबीच सहकार्यबारे पनि छलफल भएको मेयर मण्डलले बताए ।

मेयर बालेनले मटिहानी नगरपालिका पनि सांस्कृतिक नगर रहेको बताउँदै आफू पनि त्यहाँको सांस्कृतिक तथा धार्मिकस्थलको भ्रमण गर्न उत्सुक रहेको बताए ।

सो भेटघाटको क्रममा मटिहानी नगरपालिकाका मेयर मण्डलले सांस्कृतिक नगरी मटिहानी भ्रमणको निम्तो दिएका थिए ।

मटिहानीका मेयर मण्डलले भेटघाटको क्रममा मेयर बालेनलाई श्री लक्ष्मीनारायण मन्दिरको तस्वीर र बालेनले मण्डललाई गणेश भगवानको मूर्ति मायाको चिनोस्वरुप आदान–प्रदान गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]