३० चैत्र २०८२, मंगलबार
14-04-2026 , Tue
×

प्रअ महरालाई दुर्ववहार गरेको विरुद्धमा जनकपुर तताउदै दलित

Logo
प्रकाशित बुधबार, आषाढ २२, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२२ असार। धनुषाको औरही गाउँपालिकाका प्रअ मदन महरालाई र्दुव्यवहार भएको विरोधमा संयुक्त दलित संघर्ष समितिले मंगलबार विरोध प्रदर्शन गरेको छ ।

जनकपुरको स्टेशनबाट सुरु भएको विरोध प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । जनकपुरधामको रेल्वे स्टेशन बाट शुरु भएको प्रदर्शन भानु चौक, कदम चौक, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय हुदैँ जनक चौकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभामा दलितका अगुवाहरुले पीडितलाई न्याय दिई घटनाका आरोपित सुजित यादव र रामनाथ यादवलाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।

औरही गाउँपालिका झिटकैयास्थित श्री राम जानकी माध्यमिक विद्यालयका प्रअ मदन महरालाई कालोमोसो दलेर दुव्र्यवहार गरेको विरोधमा दलित अगुवाहरु मोर्चाबन्दी गरेर विरोधमा उत्रेका हुन् ।

उनीहरुले घटनामा संलग्नलालाई कारवाही नहुन्जेल सम्म आफुहरुले विरोध जारि राख्ने चेतावनी दिएका छन । उनीहरुले प्रधानाध्यापकलाई दलित सम्झेर नै हेप्न खोज्ने मनशायले नै घटना भएको बताएका छन् ।

गैर अभिभावक रामनाथ यादव र सुजित यादवले प्रधानाध्यापक महरा माथि कालोमोसो दलेपछि दलित समुदाय आन्दोलित बनेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]