२७ साउन २०८२, मंगलबार
12-08-2025 , Tue
×

‘बलात्कारी’ शिक्षकलाई जोगाउँदै मातृका यादव

Logo
प्रकाशित बिहिबार, आषाढ २३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२३ असार।कार्यालय सहयोगीकी श्रीमतिमाथि बलात्कार गरेको प्रकरणमा मुछिएका शिक्षक बैजु साह रौनियारलाई माओवादी(केन्द्र)का नेता एवं प्रतिनिधिसभा सदस्य मातृका प्रसाद यादवले जोगाउन पीडित पक्षलाई दबाब दिएको खुलेको छ ।

धनुषा जिल्लाको सबैला नगरपालिका १२ मा रहेको श्री फकिर चन्द गामी माध्यमिक विद्यालय बरकुर्वाका निवर्तमान प्रधानाध्यापक रौनियारले सोही विद्यालयका कार्यालय सहयोगीकी श्रीमतिमाथि जबरजस्ती करणी गरेको घटनाको मुद्दा दर्ता प्रक्रियामा रहेको छ । दलित परिवारकी पीडित उक्त महिलाले मुद्दा दर्ता प्रक्रिया रोक्न सांसद यादवसहितले दबाब दिएको आरोप लगाएकी छिन् ।

बरकुर्वा विद्यालयका तत्कालिन प्रधानाध्यापक रौनियारले विद्यालयमा करोडौंको भ्रष्टाचार गरेको भन्दै सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, अभिभावक र विद्यालय व्यवस्थापन समितिको संयुक्त भेलाले रौनियारलाई प्रधानाध्यापक पदबाट हटाएको थियो ।

विद्यालयको जग्गा हिनामिना, विद्यालयको सम्पतिबाट हुने आम्दनीको हिनामिना, विद्यार्थीको छात्रबृति वितरणमा अनियमितता, पुस्तकको रकम हिनामिना, विद्यालयको कम्प्युटर विक्री, विद्यार्थीको खाजा नखुवाई पैसा हिनामिनालगायतको एक दर्जन बढी घटनामा निवर्तमान प्रधानाध्यापक रौनियारमाथि अख्तियारमा निवेदन दर्ता भइसकेको छ । विद्यालय व्यवस्थापन समिति स्वयम्ले उनीमाथि कारवाहीका लागि अख्तियारलाई पत्राचार गरेको छ ।

झण्डै आठ वर्ष प्रधानाध्यापक रहेका रौनियारले विद्यालयमा करोडौंको भ्रष्टचार गरेको र अध्ययन अध्यापन गराउन नसकेको भन्दै केही महिनाअघि विद्यार्थीहरुले आन्दोलन गरेका थिए । उक्त आन्दोलनको माग सुनवाई नगरी विद्यार्थीहरुमाथि कुटपिट गर्न खोजेपछि विद्यार्थीहरुले प्रधानाध्यापक रौनियारमाथि जनकारवाही गरेका थिए ।

बलात्कार काण्ड र भ्रष्टाचार काण्डमा छानविन हुन थालेपछि शिक्षक रौनियार सांसद यादव निकट पुगेका हुन् । विद्यालयका एक शिक्षकका अनुसार सांसद यादवका भाई कारी यादव सबैला नगरपालिकाको मेयरमा निर्वाचित भएपछि शिक्षा समितिको संयोजक हुनका लागि रौनियारले १५ लाख रुपैंया मातृका यादवलाई बुझाएका छन् । सांसद यादवको तर्फबाट जुगेश्वर यादव (मास्टर)ले रकम बुझेको शिक्षकहरुको दाबी रहेको छ ।

प्राविधिक शिक्षाको १३ लाख गायब

फकिर चन्द गामी माध्यमिक विद्यालयमा प्राविधिक शिक्षाका लागि २५ लाख रुपैंया छुट्याइएको थियो । जसमध्ये १५ लाख रुपैंया निवर्तनमा प्रधानाध्यापक रौनियारले निकास बुझेका छन् ।

तर, विद्यालयमा जम्मा २ लाख बराबरको काम भएको र १३ लाख रुपैंया रौनियारले हिनामिना गरेको आरोप विद्यालय व्यवस्थापन समितिले लगाएको छ । रौनियार कारवाहीमा परेको झण्डै ४ महिना हुँदासमेत रौनियारले बरबुझारथ गरेको छैन ।

प्राविधिक विद्यालयका लागि दोस्रो किस्ता बुझ्न पहिलो किस्ताको रकम खर्च गरेको विवरणसमेत रौनियारले नबुझाउँदा विद्यालय समस्यामा परेको छ । जसकारण उक्त कार्यक्रम नै विद्यालयबाट फिर्ता हुने अवस्था आएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]