३० चैत्र २०८२, मंगलबार
14-04-2026 , Tue
×

सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिका लागि सडक, काम रोक्का गर्न पत्राचार

Logo
प्रकाशित शुक्रबार, आषाढ २४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२४ असार । जनकपुरधाममा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाउन लागिएको सडक निर्माणको काम रोक्न उपमहानगरपालिकाले दिएको निर्देशन विपरित कामलाई निरन्तरता दिइएको छ ।

एक व्यक्तिले आफ्ना लागि सार्वजनिक जग्गा अतिक्रमण गरी नालासहितको बाटो निर्माण गर्न थाल्दा स्थानीयले बिरोध गरेपछि

उपमहानगरपालिकाले काम रोक्का गर्न आदेश दिएको छ ।
उपमहानगरपालिकाको वडा नम्बर ९ स्थित डेली टोलमा रामजानकी मन्दिरको जग्गा अतिक्रमण गरी सडक बनाउन थालेको स्थानीयले बताएपछि प्रमुख प्रशासकीय अधिकृत प्रधुम्न प्रसाद उपाध्यायले काम रोक्का गर्न वडालाई पत्राचार गरेको छ ।

‘वडावासी विनोद कुमार साह लगायत १७ जनाले यस कार्यालयमा पेश गरेको निवेदन अनुसार “वडा नं ९ को डेली टोलमा वडा कार्यालपदेखी दक्षिण सिट नं. १३१५÷२४, कि.नं. ४९ र ५० को लगभग ५ धुर जग्गा सार्वजनिक रहेको र उक्त जग्गा अतिक्रमण गरी नाला र सडक निर्माण कार्य गरिरहेकोले उक्त अतिक्रमण कार्य अविलम्ब रोक्का गरी सार्वजनिक जग्गा संरक्षण गरि पाउँ भनी पेश गरेको निवेदनमा उक्त सार्वजनिक जग्गामा निर्माण कार्य नगर्न÷नगराउनु हुन जानकारी गराइन्छ’ उपाध्यायले वडालाई पठाएको पमा उल्लेख छ ।

उक्त सार्वजनिक जग्गामा निर्माण कार्य भए÷गरेमा कार्यालय भुक्तानी गर्न बाध्य नहुने चेतावनी समेत दिइएको छ ।

यस्तो चेतावनीपछि पनि रामबाबु साहले आफ्नै अगुवाईमा सडक निर्माणलाई निरन्तरता दिएका छन् । साहको आफ्नो बाटो बनाउन वडा कार्यालयले उनलाई बजेट दिएको स्थानीय बताउँछन् ।
स्थानीय बृद्ध हरिनारायण साहले रामबाबुले बर्षाैदेखि इनारसहित रहेको जानकी मन्दिरको जग्गा अतिक्रमण गरी बाटो बनाउन लागिपरेको बताए ।

अर्का स्थानीय हेमशंकर यादवले वडा अध्यक्ष परमेश्वर साहले रामबाबुको व्यक्तिगत बाटो बनाउनका लागि बजेट दिएर सहयोग गरिरहेको बताए ।

यस सम्बन्धमा वडा अध्यक्ष साहसँग सम्पर्क गर्न खोज्दा हुन सकेन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]