१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

विवादित अर्थमन्त्रीको अर्को ‘हर्कत’

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९

न्यूजमधेश डेस्क
काठमाडौँ ,२५ असार। एकपछि अर्को विवादको चपेटामा परेर अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्माको अर्को विवादित ‘हर्कत’ बाहिरिएको छ ।

यसअघि, शर्मा आगामी आर्थिक वर्ष २०७९-८० को बजेट सार्वजनिक हुनु अघिल्लो रात १४ जेठमा सीसीटिभी फुटेज मेटिएको गैरजिम्मेवारीपूर्ण जवाफ दिएर विवादमा परेका थिए । त्यसपछि चौतर्फी दबाब थेग्न नसकेर अर्थमन्त्रीबाट राजीनामा दिएका शर्मामाथि गत १४ जेठ मध्यराति बजेट निर्माण गर्दा ‘अनधिकृत व्यक्ति’लाई स्थान दिएको आरोप लाग्यो । उनीमाथि ‘सीसीटिभी फुटज कान्ड’मा व्यापारिक घरानाका आफूनिकट व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करको दरसमेत हेरफेर गरेको आरोप लागेको थियोे ।

अहिले पदबाट हटिसकेका शर्माले प्रधानमन्त्री शेरबहादुर देउवापुत्र जयवीरसिंह देउवाको कम्पनीलाई करमा भारी छुट दिएको विवाद बाहिरिएको छ । प्रधानमन्त्री देउवापुत्र जयवीर महिलाले महिनावारी हुँदा प्रयोग गर्ने सेनिटरी प्याड विदेशबाट आयात गर्छन् । देउवापुत्रको ‘ब्लु प्रिन्ट टे«डिङ प्रालि’ नामक कम्पनीले सेनिटरी प्याड कारोबार गर्दै आएको छ । यो कम्पनीमा भरतपुर चितवनका हेमन्त बजगाईंको पनि साझेदारी रहेको छ ।

सो कम्पनीमा प्रधानमन्त्रीपत्नी आरजु राणासमेत अप्रत्यक्ष रूपमा संग्लग्न रहेको स्रोतको दाबी छ । स्वदेशी उत्पादनलाई प्रश्रय दिनेगरी बजेट बनाएको दाबी गर्दै आएका निवर्तमान अर्थमन्त्री शर्माले विदेशबाट आयातीत सेनेटरी प्याडमा ९० प्रतिशत भन्सार छुट गरिदिएका थिए । याे खबर राजधानी दैनिकमा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]