१२ पुष २०८२, आइतबार
28-12-2025 , Sun
×

जनकपुरमा कान्तिपुर ‘मधेश मन्थन’ सुरु

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९

न्यूजमधेश डेस्क
काठमाडौँ ,२५ असार। मधेश प्रदेशको दिगो विकास, समृद्धि र रूपान्तरणका निम्ति गहन मन्थनका रूपमा कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित ‘मधेश मन्थन’ सुरु भएको छ ।

मधेश प्रदेश सरकार, गृह तथा सञ्चार मन्त्रालय र प्रदेश सभा सचिवालयको सहकार्यमा शनिबार जनकपुरमा आयोजित यस कार्यक्रम नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गरेका हुन् । कार्यक्रममा पूर्वराष्ट्रपति यादवको विद्वत प्रवचनसमेत रहेको छ ।

कार्यक्रममा विभिन्न ५ सत्रहरू रहेका छन् । ‘कहाँ अड्कियो शासन प्रशासन : संघीयता, सेवा प्रवाह र स्थानीय समुन्नति’ शीर्षकमा पहिलो सत्रमा बहस हुनेछ । जसमा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, व्यवसायी जगदीशप्रसाद अग्रवाल, प्रदेशसभा सदस्य शारदादेवी थापा र अर्थशास्त्री अच्युत वाग्ले वक्ता रहेका छन् । यस सत्रका सहजकर्ताका रूपमा कान्तिपुर दैनिकका प्रदेश ब्युरो प्रमुख जनकराज सापकोटा रहेका छन् ।

त्यस्तै ‘चुरे : मधेशको जीवनाधार’ शीर्षकको दोस्रो सत्रमा मधेश प्रदेश, नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झा, राष्ट्रपति चुरे तराई संरक्षण विकास समितिकी सदस्य कमला ओली शिवाकोटी, चुरे र तराईको अन्तरसम्बन्धबारे विज्ञ विजयकुमार सिंह वक्ता रहेका छन् । यस सत्रलाई लेखक तथा विश्लेषक चन्द्रकिशोरले सहजीकरण गर्नेछन् ।

त्यस्तै ‘जनकपुरको पुनर्जागरण : वैभव फर्काउने अवसर’ शीर्षकको तेस्रो सत्रमा जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, प्रदेशसभा सदस्य रामआशीष यादव, कानुन व्यवसायी रेखा झा र लेखक तथा विश्लेषक रोशन जनकपुर वक्ता रहेका छन् । यस सत्रलाई कान्तिपुरका मधेश प्रदेश ब्युरो प्रमुख अजित तिवारीले सञ्चालन गर्नेछन् ।

त्यसैगरी चौथो सत्रमा मधेशको सामाजिक रूपान्तरणका मुद्दालाई समेटेर ‘समाज बदलियो कि उस्तै छ’ शीर्षकमा बहस हुनेछ । जसमा मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह, प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्मा, सामाजियक अभियन्ता तथा राजनीतिकर्मी सुषमा द्विवेदी र लेखक तथा विश्लेषक तुलानारायण साह वक्ता रहेका छन् । यस सत्रलाई द काठमाण्डु पोस्टका सम्पादक सञ्जीव सत्गैंयाले सहजीकरण गर्नेछन् ।

त्यस्तै मधेश मन्थनको अन्तिम सत्रमा ‘संघीयताको अभ्यास र अनुभव’बारे बहस हुनेछ । यस सत्रमा मधेश प्रदेशको ५ वर्षे कार्यकालका बारेमा पनि छलफल हुनेछ । यस सत्रमा मधेशका मुख्यमन्त्री लालबाबु राउत, राजनीतिशास्त्री प्रा.कृष्ण खनाल, राष्ट्रिय सभा सदस्य विमला राई पौड्याल र लेखक तथा विश्लेषक सीके लाल वक्ता रहेका छन् । यस सत्रलाई कान्तिपुर दैनिकमा प्रधानसम्पादक सुधीर शर्माले सहजीकरण गर्नेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]