१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

सशस्त्रका हवल्दार थुनामा

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९

संगठनको गोप्य सूचना पत्रकारलाई दिएको आरोपमा सशस्त्रका हवल्दार थुनाम

न्यूजमधेश डेस्क
काठमाडौं,२५ असार।संगठनको गोप्य सूचना पत्रकारलाई दिएको आरोप लागेका सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार जेल चलान भएका छन्।

वरिष्ठ हवल्दार नरेशसिंह साहुलाई सशस्त्र प्रहरी विशेष अदालतले पुर्पक्षका लागि जेल पठाएको हो।

उनले संगठनको गोप्य सूचना तथा जनशत्ति सम्बन्धी विवरण संचार माध्यम तथा पत्रकारलाई उपलब्ध गराएको आरोप छ।

संगठनको गोप्य र संवेदनशील सूचना भाइबरलगायत सामाजिक संजालमार्फत संचारमाध्यमलाई उपलब्ध गराउने गरेको तथा संगठन विरुद्ध बेनामी उजुरीसमेत हालेको उनीमाथि आरोप छ।

साहु २५ नम्बर चण्डिका गण हेडक्वाटर, पर्वत दरबन्दी भई ४४ नम्बर गण हेडक्वाटर दार्चुलामा कार्यरत थिए। उनले सशस्त्र प्रहरी ऐन तथा नियमावलीको बर्खिलाप गरेको पाइएपछि पुर्पक्षका लागि थुनामा पठाइएको सशस्त्र प्रहरी हेडक्वाटरले जनाएको छ।

असार २४ गतेको थुनछेक बहस सकिएपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो। आरोप प्रमाणित भए उनलाई सर्वस्वसहित जन्मकैद हुनसक्ने प्रावधान छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]