१३ कार्तिक २०८२, बिहिबार
30-10-2025 , Thu
×

विद्यालयको समस्या समयमै समाधान नभए आन्दोलन गर्ने विद्यार्थीले दिए `मेयर´लाई चेतावनी

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९

 

न्यूजमधेश डेस्क
जनकपुरधाम,२५ असार । धनुषा
जिल्लाको एक बिधालयका बिधार्थिहरुले बिधालयमा भएको लापरबाही,राजनीति तथा कमिकमजोरी समयमै समाप्त नभए बिधालयका सम्पुर्ण बिधार्थिहरु आन्दोलन बस्न बाध्य हुनुपर्ने जनाइएको छ।

जिल्लाको गणेशमान चारनाथ नगरपालिकाको वडा नं ९ स्थित रहेको श्री माध्यमिक बिधालयमा संचालित प्राबिधिक शिक्षा बाली बिज्ञानका बिधार्थिहरुले बिधालयमै आयोजित एक कार्यक्रममा उपस्थित नगरप्रमुख जितनारायण यादवलाइ एक पत्र हस्तान्तरण गर्दै उक्त चेतावनी दिएका हुन।

बिधालयमा आयोजित स्व.सुधा तिमिल्सिना पंखा बितरण कार्यक्रममा बिधालयकै एक छात्राले विभिन्न माग राख्दै गुणासो सहित आन्दोलन समय कुनै प्रकारको भौतिक क्षती भए बिधालयका निमित्त प्र अ जिबछ यादब पुर्ण जिम्मेवार रहने समेत बताउनुभएको हो।

बिद्यार्थीहरुका मागहरु नियमित कक्षा संचालन हुनुपर्ने,प्रयोगात्मक कक्षा सन्चालन हुनुपर्ने,बिषयगत शिक्षक नियुक्ती गर्नुपर्ने ,सौचालय ब्यबस्थित गर्नुपर्ने,खानेपानी ब्यबस्थापन गर्नुपर्ने ,प्रयोगात्मक सामाग्री उपलब्ध गराउनुपर्ने ,कम्प्युटर कक्षा संचालनमा ल्याउनुपर्ने,पुस्तकालय ब्यबस्थापन गर्नुपर्ने,बिज्ञान बिषय अन्तर्गत भौतिक बिज्ञान बिषयको शिक्षक परिवर्तन गर्नुपर्ने,पाठ्यपुस्तकको ब्यबस्थापन गर्नुपर्ने रहेका छन।

कार्यक्रममा उपस्थित नगर उपप्रमुख तुलसा पान्डे पटेल समेतले बिधालयमा आफुलाइ पनि पुरुष सौचालय प्रयोग गर्न अप्ठ्यारो महसुस भएको बताउदै झन छात्रालाइ कति समस्या पर्छन होला भनेर चाडै बिधार्थिको माग सम्बोधन गर्नुका साथै समर्थन पनि गरेकि हुन।

बिधालयमा गणेशमान चारनाथका मात्र नभइ अन्यत्रका समेत बिद्यार्थी अध्ययन गर्न आउदै गरेका दुई दर्जन बिद्यार्थीहरुले उक्त पत्रमा हस्ताक्षर गरि आन्दोलनमा उत्रीनुपर्ने बताउनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]