२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

किशोरी र आमाहरु नै सक्रिय भएर लागेपछि बालविवाहमा कमी

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९

न्यूजमधेश डेस्क
सबैला,२५ असार। जिल्लाको सबैला नगरपालिकामा बालविवाहमा कमी आएको छ । बालविवाह रोक्न किशोरी र आमाहरु नै सक्रिय भएर लागेपछि यहाँ अहिले बालविवाहमा कमी आएको हो ।

सबैला नगरपालिकामा बालविवाह न्यूनिकरण गर्न यहाँका सबैजसो वडामा छात्रा सञ्जाल र आमा समूह गठन गरिएको छ । उहाँहरु बालविवाह हुन लागेको जानकारी पाएपछि अभिभावक र किशोरीलाई सम्झाउने बुझाउने गर्नुहुन्छ । यसलगायत सानै उमेरमा विवाह गर्दा स्वास्थ्य तथा कानूनी समस्याका बारेमा विद्यालय र टोल–टोलमा किशोरी भेला गरेर जानकारी दिने गर्नुहुन्छ ।

आसमान नेपालले बालविवाह न्यूनिकरण परियोजना अन्तर्गत सबैला नगरपालिकाको १३ वटै वडामा छात्रा सञ्जाल तथा आमा समूह गठन गरेको छ । सो समूहले बालविवाह न्यूनिकरणका क्षेत्रमा कार्य गर्नुका साथै विद्यालय बाहिर रहेका विद्यार्थी उमेर समूहका बालबालिकालाई विद्यालयसम्म पठाउन सहजीकरणको भूमिका समेत निर्वाह गर्दै आउनु भएको छ ।

उहाँहरुसँग कतिको सङ्ख्यामा बालविवाह रोकेको भनेर आधाकारिक तथ्याङ्क नभएपनि थुप्रै बालविवाह रोकेको बताउनुहुन्छ ।
सबैला नगरपालिका–११ इनर्वाकी रविताकुमारी यादवले यस नगरपालिकामा ८० प्रतिशत बालविवाहको घटनामा कमी आएको बताउनुभयो । उहाँले विपन्न, दलित र मुस्लिम समुदायमा अझै कुरिति विधमान रहेको बालविवाह मुक्त हुन नसकेको जानकारी दिनुभयो ।

चेतना अभाव र धार्मिक अन्धविश्वासले यहाँ बालविवाह गर्ने क्रम रोकिएको छैन । अभिभावकको जिम्मेवारीबाट छिट्टै मुक्त खोज्नु, पछि गएर छोरी विवाह गर्न समस्या हुने र छोरीलाई कम उमेरमै कन्यादान गर्दा पुण्य पाइन्छ भन्ने मान्यताले बालविवाह जटिल समस्याको रुपमा रहेको छ ।

‘निक शिक्षा दिअ’ परियोजनकी कर्मचारीसमेत रहनुभएकी रविताले विस्तारै सुधार हुँदै जाने बताउँदै बालविवाह रोकथाम सम्बन्धी कार्यक्रम सञ्चालन पश्चात किशोरीहरु स्वयम् जागरुक बन्न थालेको भन्नुभयो ।

बालविवाह रोकथाम गर्न सक्रिय छात्रा सञ्जाल तथा आमा समूहले उमेर नपुगी विवाह गर्दा विवाह दर्ता, बच्चा भइहाले बच्चाको जन्मदर्ता र किशोरीको स्वास्थ्य समस्या आउने जस्ता कुरा किशोरी र तिनका अभिभावकलाई सम्झाउने गरिएककाले बालविवाहको दर निकै कम भएको बालविवाह न्यूनिकरण परियोजनाकी संयोजक दुर्गा अधिकारीले बताउनुभयो ।

उहाँले बालविवाह गर्दा शिक्षाबाट वञ्चित हुने, किशोरी आमाहरूको स्वास्थ्यमा असर पुग्ने र सम्बन्ध पनि दिगो नहुने भन्दै किशोरीहरूले गाउँमा सचेतना अभियान थालेका जानकारी दिनुभयो ।

सबैला नगरपालिकाकी नगर उपप्रमुख रहिमा खातुनले बालविवाह न्यूनिकरण चुनौतीका रुपमा रहेको भन्दै छात्रा सञ्जाल र आमा समूहको प्रयासले सफलता प्राप्त गरिरहेको बताउनुभयो । उहाँहरुले विद्यालय र गाउँमा घरदैलो अभियानमार्फत बालविवाहविरुद्ध सचेतना जगाउने काम गर्नुभएको उहाँले भन्नुभयो ।(गतिलो खबर)

 

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]