०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

यदुकुहामा माछापुच्छ्रे बैंक लिमिटेडको शाखा सञ्चालनमा

Logo
प्रकाशित शुक्रबार, साउन १७, २०७६

बिपिन यादव,जनकपुरधाम।धनुषाको सहिद नगरपालिका वडा नं.३ स्थित यदुकुहामा माछापुच्छ्रे बैंक लिमिटेडको शाखा सञ्चालनमा आएको छ ।

नगरपालिकामा प्रथम क वर्गको इजाजतपत्र प्राप्त बैंकको नेपाल शिक्षक संघ धनुषाको पुर्व अध्यक्ष लालबाबु हाथीले शुक्रबार एक कार्यक्रम बिच शाखा उद्घाटन गरेको छ।

माछापुच्छ्रे बैंक लिमिटेड जनकपुरका अध्यक्ष युरोप राज फगो , प्रमुख अतिथि लाल बाबू हाथी, बिशिस्ट अतिथिमा ईलाका प्रहरी कार्यालय यदुकोहा इन्चार्ज दिपक बाबु केसी , समाजवादी पार्टी नेपाल धनुषाको युवा नेता बिनोद रोहिता , माछापुच्छ्रे बैंक हेड अफिसका प्रतिनिधि सुधा साह , समाजसेवी व्यापारी अरबिन्द कुमार साह ,शिव शंकर महथा , वडा सदस्य सुशील कुमार साह लगायतका स्थानीय वुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम संचलक जयनारायण सिंहले गरेका थिए।

बैंकले ज्येष्ठ नागरिक सम्मान, बालबालिका, यूवा, पेवा, रेमिट्यान्स बचत खाता तथा उच्च शिक्षा निपेक्ष योजना, तलव व्यावस्थापन खाता लगायतका स्मार्ट बैंकिङ्ग सुविधा प्रदान गरिने यदुकुहा शाखाका प्रबन्धक चन्दन कुमार हाथिले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

काठमाडौँ : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो । मन्त्री […]