१० आश्विन २०८०, बुधबार
27-09-2023 , Wed
×

यदुकुहामा माछापुच्छ्रे बैंक लिमिटेडको शाखा सञ्चालनमा

Logo
प्रकाशित शुक्रबार, साउन १७, २०७६

बिपिन यादव,जनकपुरधाम।धनुषाको सहिद नगरपालिका वडा नं.३ स्थित यदुकुहामा माछापुच्छ्रे बैंक लिमिटेडको शाखा सञ्चालनमा आएको छ ।

नगरपालिकामा प्रथम क वर्गको इजाजतपत्र प्राप्त बैंकको नेपाल शिक्षक संघ धनुषाको पुर्व अध्यक्ष लालबाबु हाथीले शुक्रबार एक कार्यक्रम बिच शाखा उद्घाटन गरेको छ।

माछापुच्छ्रे बैंक लिमिटेड जनकपुरका अध्यक्ष युरोप राज फगो , प्रमुख अतिथि लाल बाबू हाथी, बिशिस्ट अतिथिमा ईलाका प्रहरी कार्यालय यदुकोहा इन्चार्ज दिपक बाबु केसी , समाजवादी पार्टी नेपाल धनुषाको युवा नेता बिनोद रोहिता , माछापुच्छ्रे बैंक हेड अफिसका प्रतिनिधि सुधा साह , समाजसेवी व्यापारी अरबिन्द कुमार साह ,शिव शंकर महथा , वडा सदस्य सुशील कुमार साह लगायतका स्थानीय वुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम संचलक जयनारायण सिंहले गरेका थिए।

बैंकले ज्येष्ठ नागरिक सम्मान, बालबालिका, यूवा, पेवा, रेमिट्यान्स बचत खाता तथा उच्च शिक्षा निपेक्ष योजना, तलव व्यावस्थापन खाता लगायतका स्मार्ट बैंकिङ्ग सुविधा प्रदान गरिने यदुकुहा शाखाका प्रबन्धक चन्दन कुमार हाथिले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता कुमारी साह गृह जिल्ला धनुषा आएपछि भव्य स्वागत गरिएको छ । मन्त्री बनेदेखि पहिलो पटक उनी गृहजिल्ला आएकी हुन् । जनकपुरधाम एयरपोर्टमा धनुषाका सिडियो ,एसपी र जनमत पार्टीका नेता कार्यकर्ता र समर्थकहरु पुगेर मन्त्री साहलाई स्वागत गरेका छन् । मन्त्री साहले सरुवा बढुवामा हुने आर्थिक चलखेल […]

काठमाडौँ। रोल्पाथुम हुँदै नामकरण भएको रोल्पा जिल्ला, लुम्बिनी प्रदेशको एक पहाडी जिल्ला मात्रै होइन, युद्ध, क्रान्ति र पर्यटनका नामबाट परिचित स्थल पनि हो । नेपाल एकीकरणपूर्व बाइसे र चौबिसे राज्य हुँदा सेन राजाहरु र काजीहरुको गुप्त सल्लाह तथा बसोबास हुने जिल्ला रोल्पा–रुकुम, प्युठान, दाङ, सल्यान र बागलुङजस्ता जिल्लासँग सीमाना जोडिएको जिल्ला हो । यही रोल्पा […]

काठमाडौँ। सरकारले यस वर्ष पनि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनका लागि आठ करोड ३३ लाखको खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्ने भएको छ । चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गर्ने र दसैँ ,तिहारका लागि खाद्य,व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्न लागेको हो । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार दसैँका […]