२० कार्तिक २०८२, बिहिबार
06-11-2025 , Thu
×

एक सातामा चट्याङले एकको मृत्यु, १७७ भेडाबाख्रा मरे

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९

न्युजमधेस डेस्क

जनकपुरधाम,२५ असार।

 एक सातामा चट्याङले एक जनाको मृत्यु भएको छ भने १७७ भेडाबाख्रा मरेका छन् । जुम्लामा
बुधबार चट्याङले तिला गाउँपालिका – ९ मालापानीका १८ वर्षीय प्रेम बुढाको मृत्यु भएको हो ।

घरबाट सिमी गोडमेल गर्न गएको समयमा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । तातोपानी गाउँपालिका–८ को भेडी खर्क पाटन क्षेत्रको डैसिले लेकको धर्मशालामा चट्याङले ४७ वटा भेडाबाख्रा मरेका हुन् । बुधबार बेलुका तातोपानी ८ डैसिले लेकको धर्मशालामा परेको चट्याङले ४७ वटा भेडाबाख्रा मरेको र ३८ वटा घाइते भएको तातोपानी ८ का वडाअध्यक्ष नर बहादुर रावतले बताएका छन् ।

भेडापालक लालबहादुर शाही, बल बहादुर शाही, नैने शाही, रामबहादुर शाही, खडक शाही, तिला गाउँपालिका ४ का मणिचन्द्र उपाध्याय र दिपक चौंलागाईका भेडाबाख्रा मरेका हुन । तातोपानी गाउँपालिका ६ का अध्यक्ष विशाल खड्काको नेतृत्वमा क्षति विवरण संकलनका क्षतिग्रस्त स्थलमा पुगेर फर्किएको छ ।

तथ्यगत विवरण सँकलन गरी फर्किएको वडाअध्यक्ष खड्काले बताए । क्षतिपूर्ति र राहत प्रदानका लागि गाउँ कार्यपालिकाको बैठकबाट निर्णय गरिने समेत उनले बताएका छन् यस्तै जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको बागजाले पाटनमा १७ असार बेलुका चट्याङ पर्दा १३० भेडाबाख्रा मरेका छन् भने ३ सयभन्दा बढी बेपत्ता भएका छन् । यस घटनाबाट भेडापालक कृषकको आयस्रोत नै गुमेको छ ।

भेडाबाख्राको एक बथानमा चट्याङ पर्दा भेडाबाख्रा मर्नुका साथै बेपत्ता भएका हुन् । सोही गाउँपालिका–४ का भेडापालन बर्खा सिजनमा बागजाले पाटनमा भेडाबाख्रा पालन गर्दै आएका थिए । बेपत्ता हराएका भेडा अझै भेटिएका छैनन् ।

चट्याङ पर्दा भेडाबाख्रा मरेपछि कृषकको आयस्रोत नै गुमेको पशुसेवा प्राविधिक हरि सार्कीले बताए । उनले भने विपद्का कारण कृषकले ठुलो क्षति व्यहोर्नु परेको छ । राज्यले क्षतिपूर्ति तथा राहतको व्यवस्थापन गर्न आवश्यक देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]