२१ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

सहकारी डेरी सञ्चालनमा आएपछि किसानलाई ठूलो राहत

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९

न्युजमधेस डेस्क
सिरहा,२५ असार।

सिरहाको दक्षिणी र पूर्वी भेगमा पर्ने भारतीय सीमासँग जोडिएको भगवानपुर गाउँपालिका भागवानपुर –१ मा श्री वालासुन्दरी कृषि सहकारी साना किसान दूध डेरी स्थापाना भएपछि भैंसी पालन गरेर किसानहरुले आम्दानी गर्न थालेका छन् ।

उत्तरमा बाह्र किलोमिटर लहान र दक्षिणमा पाँच किलोमिटर टाढा भारतीय बजार लौकहामा गएर दूध बिक्री गर्न किसानलाई ठूलो समस्या हुन्थ्यो । गाउँकै बजारमा डेरी सञ्चालनमा आएपछि भैसीपालनतर्फ किसानहरु आकर्षित भएको स्थानीय हरिहरनाथ यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भैंसीको दूध टाढा गएर कसरी बिक्री गर्नु ? खान सक्ने जति खान्थ्यौं, खान नसकेको दूध गाउँघरमा बिक्री नभए खेर जान्थ्यो, तर अहिले दस लिटर दूध विहानै डेरीमा पुर्याएर दिनको छ सयको दरले आम्दानी हुन थालेपछि घरका समस्याहरु टर्न थालेको छ ।’ साना किसान सहकारीले डेरी सञ्चालन गरेर दक्षिणी भेगका किसानका लागि ठूलो राहत भएको उहाँको भनाइ छ ।

हरिहरनाथ जस्तै भगवानपुर गाउँपालिकाका स्थानीय किसान भैसी पालेर नै महिनाको पन्ध्र हजारदेखि तीस हजारसम्म आम्दानी गरिरहेको डेरीका अध्यक्ष चन्देश्वर यादवले जानकारी दिनुभयो । ‘सहकारीले किसानलाई ऋण र प्राविधिक सहयोग गर्न थालेपछि यस भेगका किसान अहिले तरकारी माछापालन र भैसी पालनमा निकै हौसिएको छ’, उहाँले भन्नुभयो ।

‘किसानलाई तरकारी खेती, माछापालन कुखुरा पालन र धान खेतिकालागि सहकारीबाट ऋण दिन थालेपछि यस भेगका मजदूर समेत करारमा तरकारी खेति र भैसीपालनमा लागेको भगवानपुर –१ का गीता सदायले खुसी व्यक्त गर्नुभयो । ‘पहिले निर्वाहमुखी खेति र भैसीपालन हुन्थ्यो, अहिले आम्दानीमुखी भएको छ । यसले दलित समुदायको पनि आर्थिक अवस्थामा सुधार ल्याएको छ ।’

केही वर्ष शिक्षक गुनेश्वर यादवले भवगानपुरमा डेरी स्थापना सञ्चालन गर्नुभयो । उहाँको निधनपछि सहकारीले सञ्चालन गरेको डेरीमा सात सय किसानको शेयर रहेको अध्यक्ष यादवले बताउनुभयो । करोडौंको लगानीमा दक्षिणी भेगको किसानको आवश्यक्ता र मागलाई ध्यानमा राखेर डेरीको बिस्तार गर्न लागेको उहाँको भनाइ छ ।

डेरीबाट उत्पादित दूध, पनिर, खुवा र घिउ बाहिरको बजारमा बिक्री गर्ने उद्देश्यसाथ  डेरीको विकास भइरहेकाले डेरीलाई गाउँपालिकाबाट समेत आवश्यक सहयोग गर्ने भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले विश्वास व्यक्त गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]