१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

जनकपुरधामका जनप्रतिनिधि र कर्मचारीले साताको एक दिन साईकल चढ्ने

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,२५ असार।

जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी साताको एक दिन साईकल चढ्ने भएका छन् ।
इन्धनको खपत घटाउनका लागि हरेक हप्ताका शुक्रबार उपमहानगरका सबै जनप्रतिनिधि र कर्मचारीले साइकल चढ्नु पर्ने भएको हो ।

यो निर्णय आगामी साउन महिनादेखि कार्यान्वयनमा आउने उपमेयर किशोरी साहले बताए ।

उपमहानगरपालिकाको नगर सभाले यस्तो निर्णय गरेको उनले जानकारी दिए ।

पेट्रोलियम पदार्थको खपत घटाउन, पर्यावरणलाई सफा राख्न र शरीरका लागि पनि राम्रो हुने भएकाले हप्ताको एक दिन साइकल चढ्ने निर्णय भएको उनले बताए ।

यता प्रमुख प्रशासकीय अधिकृत प्रधुम्न प्रसाद उपाध्याय शुक्रबार नै आफ्नो कोठाबाट साइकल चढेर कार्यालयसम्म पुगेका छन् ।

उपमहानगरपालिकाको नीति अनुरुप आफू कार्यालयसम्म साइकलमै पुगेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]