२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

युक्रेनी राष्ट्रपतिले गरे पाँच देशका राजदूतलाई देश निकाला

Logo
प्रकाशित आइतबार, आषाढ २६, २०७९

न्यूजमधेश डेस्क
काठमाडौँ ,२६ असार। चार महिनादेखि जारी युद्धमा रसियाले पकड बनाउँदै लगिरहेका बेला युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्सकीले पाँच देशका राजदूतलाई देश निकाला गरेका छन् ।

उनले यससम्बन्धी एक आदेशमा शनिबार हस्ताक्षर गरेका छन् । जेलेन्सकीले चार वटा युरोपेली राष्ट्रका राजदूतलाई पनि बर्खास्त गर्दै देशनिकालाको घोषणा गरेका छन् । जेलेन्सकीले युरोपेली मुलुकहरु जर्मनी, हंगेरी, चेक रिपब्लिक र नर्वेका राजदूलाई बर्खास्त गर्दै देश छाड्ने आदेश दिएका हुन् ।

युक्रेनमाथि आक्रमणको मामिलामा रसियाको पक्षमा देखिँदै आएको भारतका युक्रेनस्थित राजदूत पनि जेलेन्सकीको निशानामा परेका छन् । रसियाले आक्रमण गरेपछि जेलेन्सकीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर सहयोगको गुहार मागेका थिए ।

तर अर्बौ डलरको व्यापारिक साझेदार रसियाविरुद्ध राष्ट्रसंघदेखि अन्य अन्तर्राष्ट्रिय फोरममा पनि भारत उभिन तयार भएको थिए । पछिल्लो समय युक्रेन मामिलामा अमेरिका नेतृत्वको नेटो र युरोपेली मुलुकहरुले हात झिक्दै गएपछि रसियाले एकपछि अर्को भू-भाग कब्जा तीव्र बनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]