०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

बुढिगंगा मतगणना : एमालेकाे अग्रता कायमै

Logo
प्रकाशित आइतबार, आषाढ २६, २०७९

न्यूजमधेश डेस्क
बाजुरा,२६ असार। बुढिगंगा नगरपालिकामा ७ हजार ४ सय १९ मतगणना हुँदा नेकपा एमालेको अग्रता कायमै रहेको छ।

एमालेका नगरप्रमुखका उम्मेदवार राम बहादुर बाँनियाले ३ हजार ८ सय ८१ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका नगरप्रमुखका उम्मेदवार रङ्ग बहादुर खातिले ३ हजार १ सय १ मत प्राप्त गरेका छन्। मेयरमा एमालेले ७ सय ८० को अग्रता कायम राखेको छ।

त्यस्तै नेकपा एमालेका उपप्रमुखका उम्मेदवार माया कुमारी खडकाले ३ हजार ७ सय ५३ मत ल्याएकी छन् भने नेपाली काँग्रेसका उपप्रमुखका उम्मेदवार रिता शाहिले ३ हजार १ सय ५३ मत प्राप्त गरेकी छन्। उपप्रमुखमा ६ सय मतले एमाले अगाडि रहेको छ।

अब वडा नम्बर ५ र ६ को मतगणना भइरहेको छ। ११ बजेभित्र पुरै मतपरिणाम आइसक्ने निर्वाचन कार्यलय बाजुराले जनाएको छ। बुढिगंगा नगरपालिका वडा न १, २, ९, १०, ८, ७, ४ र ३ को गणना सम्पन्न भएको छ। ८ वटा वडाको मतगणना सकिएको छ। अब २ वटा वडाको गणना बाँकि रहेको छ । मतगणना सकिएको १, २, ३, ९ र १० नम्बर वडामा एमाले विजयी भएका छन् । वडा नम्बर ४, ७ र ८ मा काँग्रेस विजयी भएका छन्।

बुढिगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो। बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन्।

कुल मतदाताको ६६.८३ प्रतिशत अर्थात ९ हजार १ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले वताएका छन्। बैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]