१६ कार्तिक २०८२, आइतबार
02-11-2025 , Sun
×

बिरामीको बेडमा २४ घण्टादेखि चिकित्सक भेट्न आएनन्….

Logo
प्रकाशित आइतबार, आषाढ २६, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,२६ असार।
चिकित्सकले अस्पतालमा भर्ना भएका बिरामीको स्वास्थ्य अवस्थाका आधारमा २४ सै घण्टा सेवा दिनुपर्छ। विडाम्बना भरतपुर अस्पतालको पुरुष र महिला मेडिकल वार्डमा भर्ना भएका बिरामीले शनिबार बिहानदेखि चिकित्सकको सेवा लिन पाएका छैनन्। अहिले अस्पतालको पुरुष मेडिकल वार्डमा १६ र महिला मेडिकल वार्डमा २४ बिरामी छन्।

पुरुष मेडिकल वार्डका १४ नम्बर शय्यामा रहेका ५५ वर्षीय श्याम सार्कीले भने,‘डाक्टर साहेब नआएको २४ घण्टा भयो।’ अस्पतालको क्याबिनमा भर्ना भएका बिरामीले पनि शनिबार बिहानदेखि चिकित्सकसँग भेट्न पाएका छैनन्।

क्याबिनका नर्ससँग ‘चिकित्सकको रोस्टर’समेत छैन। आइतबार बिहान वार्डमा पुग्दा सबै बिरामी चिकित्सकको पर्खाइमा थिए। वृद्धवृद्धा वार्डका १० बिरामी पनि चिकित्सकको प्रतीक्षा गरिरहेका देखिन्थे। आक्कलझुक्कल आउने ‘मेडिकल अफिसर’ र ‘आवासीय चिकित्सक’को सुझाव अनुसार बिरामीलाई औषधि दिने गरेको नर्सहरूले बताए।

महिला मेडिकल वार्डका नर्सहरुले दिएको जानकारीअनुसार शनिबार साँझको पालो डा.ऋतुराज तिवारीको हो। बिरामीका आफन्तका अनुसार शनिबार बिहानको राउण्ड सिध्याएपछि एकजना चिकित्कसकले पनि वार्डमा ‘राउण्ड’ लगाएनन्। शनिबार दिउँसो भर्ना भएका बिरामीले आइतबार बिहानसम्मचिकित्सकीय परामर्श पाउन सकेका छैनन्। अस्पतालका २० क्याबिनसहित मेडिकल वार्डका सबै शय्यामा बिरामी छन्।

चितवनसहित २१ जिल्लाबाट विपन्न बिरामी यहाँ उपचार गर्न आउँछन्। आफ्नो ड्युटीमा नगएका डा. तिवारीले टेलिफोनमा भने, ‘गल्ती भयो, अब म गर्दिनँ।’ यसअघि पनि डाक्टर तिवारी राउण्डमा नजाने नर्सहरूको गुनासो छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा. डा कृष्णप्रसाद पौडेलले राउण्डमा नजाने चिकित्सकलाई कारबाही गर्ने जानकारी दिए। ‘तालिकाअनुसार जिम्मेवारी पूरा नगर्ने चिकित्सकलाई तत्काल कारबाही हुन्छ’, उनले भने। भरतपुर अस्पताल संघीय अस्पतालभित्र पर्छ। पछिल्ला दिनमा अस्पताल सुधारोन्मुख भए पनि केही चिकित्सकका कारण बिरामीले दुःख पाउने गरेका छन्।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले गुनासो सुनेलगत्तै मेडिकल सुपरिटेण्डेन्टसँग यस विषयमा कुरा भएको बताए। उनले अस्पताल विकास समितिको कर्मचारी भए समितिले र निजामतीको भए प्रशासनमार्फत कारबाहीका लागि सिफारिस गर्ने बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]