१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

बिरामीको बेडमा २४ घण्टादेखि चिकित्सक भेट्न आएनन्….

Logo
प्रकाशित आइतबार, आषाढ २६, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,२६ असार।
चिकित्सकले अस्पतालमा भर्ना भएका बिरामीको स्वास्थ्य अवस्थाका आधारमा २४ सै घण्टा सेवा दिनुपर्छ। विडाम्बना भरतपुर अस्पतालको पुरुष र महिला मेडिकल वार्डमा भर्ना भएका बिरामीले शनिबार बिहानदेखि चिकित्सकको सेवा लिन पाएका छैनन्। अहिले अस्पतालको पुरुष मेडिकल वार्डमा १६ र महिला मेडिकल वार्डमा २४ बिरामी छन्।

पुरुष मेडिकल वार्डका १४ नम्बर शय्यामा रहेका ५५ वर्षीय श्याम सार्कीले भने,‘डाक्टर साहेब नआएको २४ घण्टा भयो।’ अस्पतालको क्याबिनमा भर्ना भएका बिरामीले पनि शनिबार बिहानदेखि चिकित्सकसँग भेट्न पाएका छैनन्।

क्याबिनका नर्ससँग ‘चिकित्सकको रोस्टर’समेत छैन। आइतबार बिहान वार्डमा पुग्दा सबै बिरामी चिकित्सकको पर्खाइमा थिए। वृद्धवृद्धा वार्डका १० बिरामी पनि चिकित्सकको प्रतीक्षा गरिरहेका देखिन्थे। आक्कलझुक्कल आउने ‘मेडिकल अफिसर’ र ‘आवासीय चिकित्सक’को सुझाव अनुसार बिरामीलाई औषधि दिने गरेको नर्सहरूले बताए।

महिला मेडिकल वार्डका नर्सहरुले दिएको जानकारीअनुसार शनिबार साँझको पालो डा.ऋतुराज तिवारीको हो। बिरामीका आफन्तका अनुसार शनिबार बिहानको राउण्ड सिध्याएपछि एकजना चिकित्कसकले पनि वार्डमा ‘राउण्ड’ लगाएनन्। शनिबार दिउँसो भर्ना भएका बिरामीले आइतबार बिहानसम्मचिकित्सकीय परामर्श पाउन सकेका छैनन्। अस्पतालका २० क्याबिनसहित मेडिकल वार्डका सबै शय्यामा बिरामी छन्।

चितवनसहित २१ जिल्लाबाट विपन्न बिरामी यहाँ उपचार गर्न आउँछन्। आफ्नो ड्युटीमा नगएका डा. तिवारीले टेलिफोनमा भने, ‘गल्ती भयो, अब म गर्दिनँ।’ यसअघि पनि डाक्टर तिवारी राउण्डमा नजाने नर्सहरूको गुनासो छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा. डा कृष्णप्रसाद पौडेलले राउण्डमा नजाने चिकित्सकलाई कारबाही गर्ने जानकारी दिए। ‘तालिकाअनुसार जिम्मेवारी पूरा नगर्ने चिकित्सकलाई तत्काल कारबाही हुन्छ’, उनले भने। भरतपुर अस्पताल संघीय अस्पतालभित्र पर्छ। पछिल्ला दिनमा अस्पताल सुधारोन्मुख भए पनि केही चिकित्सकका कारण बिरामीले दुःख पाउने गरेका छन्।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले गुनासो सुनेलगत्तै मेडिकल सुपरिटेण्डेन्टसँग यस विषयमा कुरा भएको बताए। उनले अस्पताल विकास समितिको कर्मचारी भए समितिले र निजामतीको भए प्रशासनमार्फत कारबाहीका लागि सिफारिस गर्ने बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]