२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

तालिमको क्रममा लडेर बेहोस भएका प्रहरी जवानको मृत्यु

Logo
प्रकाशित आइतबार, आषाढ २६, २०७९

न्युजमधेस डेस्क
धनगढी,२६ असार। एघार महिनाअघि प्रशिक्षार्थी प्रहरी जवानमा छनोट भएका अछामको मेल्लेख गाउँपालिका-६ झडिगाउँका २१ वर्षीय भरत बोहराले तालिमको क्रममा ज्यान गएको छ । उनको कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो ।

बोहरा सुदूरपश्चिमको साविकको क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको प्रहरी तालिम केन्द्रमा नियमित तालिममा थिए । २२ असारको दिन नियमित तालिम अन्तरगत नै १० किलोमिटरको लामो दौड चलिरहेको थियो । आफ्नो पालो आएपछि अन्य प्रशिक्षार्थी प्रहरी जवानसँगै बोहराले पनि दौड सुरु गरे तर केही किलोमिटर पार नगर्दै उनी लडेर बेहोस भए । एकछिनमा आफैं उठेर पुनः दौडेका बोहरा १० किलोमिटर कटाउन करीब तीन सय मिटरको दुरी बाँकी छदै फेरि लडे ।

पुनः लडेर बेहोस भएका बोहरालाई तत्काल डोटीमा सामान्य उपचारपछि होस नखुलेपछि हेलीकोप्टरमार्फत कोहलपुरमा रहेको शिक्षण अस्पताल लगियो ।

शिक्षण अस्पतालमा उपचारका क्रममा बोहरा बेला-बेला होसमा आउने र फेरि बेहोस् हुने क्रम चलिरहेको थियो तर शनिबार अस्पतालले भरतलाई बचाउने प्रयास असफल भएको खबर सुनाएको भरतका काका शेरबहादुर बोहराले बताए ।

काका शेरबहादुरका अनुसार भरतले बाल्यकालमा आमाको माया पाउन सकेनन् । उनी चार वर्षको हुँदा आमाले सदाका लागि छोडेर गएपछि बुवाले नै पालनपोषण गरेर हुर्काए । बुवाले दोस्रो बिहे गरेर कान्छी आमा भित्र्याएपछि उनैले भरतको स्याहारसुसार गरिन् ।

सामान्य परिवारमा जन्मिएका बोहराका बुवा अछाममै खेतीपाती गर्दै आएका छन् । खेतीपाती र ज्याला, मजदुरी गरेर जेनतेन भरतले कक्षा १२ सम्म अध्ययन गरे । तर कमजोर आर्थिक अवस्थाका कारण उनले उच्च शिक्षा अध्ययन गर्न नसकिने भएपछि पढाइमा ब्रेक लगाउँदै कामको खोजी गर्न थाले । सोही बेला नेपाल प्रहरीमा भर्ना खुलेको थाहा पाएपछि गाउँका अन्य साथीहरुसँगै उनले पनि आवेदन फारम भरे ।

सानैदेखि नेपाल प्रहरी बनेर राष्ट्रको सेवा गर्ने इच्छा भएका बोहरा प्रहरी छनोटको आधारभूत तालिममा सफल हुँदै प्रशिक्षार्थी प्रहरी जवानका रुपमा छनोट भएका थिए । तर राष्ट्रको सेवा गर्ने उनको इच्छा अधुरै भएको छ ।

‘भरत आँखामा राखे पनि नबिझाउने मिलनसार स्वभावको थियो । प्रहरी बनेर राष्ट्रको सेवा गर्न चाहान्थ्यो तर पापी दैवले उनको त्यो सपना अधुरै राख्यो,’ काका नाता पर्ने शेरबहादुर बोहराले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]