१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

वैज्ञानिकले फेला पारे क्यान्सरबाट मृत्यु भएकी पहिलो गर्भवती महिला

Logo
प्रकाशित आइतबार, आषाढ २६, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,२६ असार।वैज्ञानिकहरूले करिब २ हजार वर्ष पुरानो एक गर्भवती महिलाको शव (ममी) इजिप्टमा फेला पारेका थिए । उक्त महिलाको शवलाई वैज्ञानिकहरूले मिस्टेरियस लेडी अर्थात् रहस्यमय नारीको उपमा दिएका छन् । उक्त शव एक गर्भवती महिलाको रहेको र उसको गर्भमा निकै राम्रोसँग संरक्षित अवस्थामा भ्रूण फेला परेको थियो ।

पछिल्लो केही समयदेखि वैज्ञानिकहरूले सबैभन्दा पुरानो उक्त गर्भवती महिलाको शवको अध्ययन गरी उनको मृत्युको कारण पत्ता लगाउने प्रयास गरिरहेका थिए । उक्त शवको खप्परका विषयमा वैज्ञानिकहरूले अनुसन्धान गरे । जसबाट ती महिलाको मृत्यु क्यान्सरका कारण भएको पत्ता लागेको छ ।

यो एउटा यस्तो खोज बनेको छ जसले क्यान्सर विशेषज्ञ तथा इजिप्टका वैज्ञानिकहरूलाई हैरान पारेको छ ।

१९औं तथा २०औं शताब्दीमा यो ममी एक पुरुष पुजारीको भएको अनुमान गरिएको थियो । तर वार्सा ममी परियोजनाले जब त्यसमाथि अनुसन्धान गर्‍यो तब त्यो शव पुरुषको नभएर महिलाको भएको पत्ता लाग्यो । अझ आश्चर्य त तब भयो जब त्यो संसारकै पहिलो गर्भवती शव रहेको पत्ता लाग्यो । विश्वमा त्यसभन्दा पुरानो गर्भवती शव अहिलेसम्म फेला परेको छैन ।

यही वर्षको सुरुआतमा उक्त रहस्यमय नारीको शवको सिटी स्क्यान गरियो र त्यसक्रममा पेल्भिस क्याभिटीमा एक भ्रूण रहेको थियो । गर्भमा निकै धेरै अम्लीयपना र कम अक्सिजनयुक्त वातावरणका कारण भ्रूण राम्रोसँग संरक्षित भएको थियो ।

वैज्ञानिकहरूले ती गर्भवती महिलाको मृत्यु किन भएको रहेछ ? भन्ने कुरा पत्ता लगाउनका लागि पनि अध्ययन गरे । गर्भवती ममीको खप्परको स्क्यान गरियो । खप्परको हड्डीको स्क्यानको जाँचका क्रममा ती महिला क्यान्सर पीडित रहेको पत्ता लाग्यो । सिटी स्क्यानका क्रममा खप्परको बायाँतर्फ यस्तो संकेत देखियो जुन आजकल नेसोफेरिन्जियल क्यान्सरका रोगीहरूमा पाइन्छ ।

यो एक दुर्लभ क्यान्सर हो र यसले नाक र मुखको पछाडिको भागलाई प्रभावित गर्दछ । त्यहाँ ७ मिलिमिटर व्यासको एक गोलो घाउ देखियो जुन ट्युमरका कारण हुन सक्दछ ।

साथै अनुहारका हड्डीमा ठूलो प्वाल पनि पाइयो । क्रेनियोफिसियल हड्डीमा यही क्यान्सरका कारण परिवर्तन आउँदछ । यद्यपि क्यान्सरको सही तरिकाले पत्ता लगाउनका लागि शोधकर्ताहरूले ममीको तन्तुको राम्रोसँग जाँच गर्नुपर्ने हुन्छ ।

स्मरण रहोस् यसअघि पनि क्यान्सरको सम्भावित लक्षण देखिएका केही ममी इजिप्टमा फेला परेका थिए । सन् २०१७ मा वैज्ञानिकहरूले दुईवटा प्राचीन मिश्रका शवहरूमा स्तन क्यान्सर र मल्टिमल माइलोमा भएको पत्ता लगाएका थिए । यो विश्वमा क्यान्सरको सबैभन्दा पुरानो घटना हो ।-एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]