२९ चैत्र २०८२, सोमबार
13-04-2026 , Mon
×

जनकनन्दिनी गाउँपालिकाको टोल-टोलमा टावर लाइट लगाएपछि स्थानीयबासी खुसीले गदगद

Logo
प्रकाशित आइतबार, आषाढ २६, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२६ असार।धनुषाको जनकनन्दिनी गाउँपालिकाको विभिन्न वडाको टोलमा टावर लाइट लगाएको छ।

शनिबार पालिकाको वडा नं.६ का वडाध्यक्ष सुर्यदेव यादवको प्रयासमा गाउँपालिका अध्यक्ष दिपिन देव यादवले जनताको चाहना अनुसार उनले एक टावर लाइट उपलब्ध गराएका हुन।

शनिबार साझा सो लाइट जडान भएपछि स्थानीयबासी खुसीले गदगद भएको स्थानीय युवा संजय रामले बताउनुभयो। वर्षौंदेखि अध्यारोमा आवतजावत गर्न रातिमा निकै कठिनाइ भैरहेको समस्या हिजोदेखि हटेको छ।अब रातिमा पनि दिन जस्तै लागिएको स्थानीय युवा रामले बताए।

उनले गाउँपालिका अध्यक्ष दिपिन देव यादव र वडाध्यक्ष यादवलाई टावर लाइट लगाउनुभएकोमा टोलबासीको तर्फबाट धन्यवाद दिएको छ।

त्यसैगरी वडा नं.५ मा पनि एक टावर लाइट जडान गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]