१० आषाढ २०८२, बुधबार
25-06-2025 , Wed
×

रक्तदान गरी निशान्तले मनाए जन्मदिन

Logo
प्रकाशित आइतबार, आषाढ २६, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२६ असार । जन्मोत्सव मनाउने सबैका आ–आफ्नै शैली हुन्छन् । आजभोलि जन्मोत्सव मनाउने शैलीमा धेरै परिवर्तन हुँदै गएको हामीले देख्न सक्छौँ ।

पछिल्ला दिनहरुमा जन्मोत्सवका दिन नयाँ–नयाँ जीवनदायी कर्म गर्नेहरुको जमात बढिरहेको पाइन्छ । जन्मदिनलाई कर्मदिन मानेर अविस्मरणीय जिवनोत्सव बनाउन सकिन्छ ।

नत्र बर्सेनी उही ताल र उही चाल रहने हो भने उमेर गन्दै झोक्राएर जन्मोत्सव मनाए पनि के भो, नमनाए पनि के भो रु जन्मदिन, जन्मोत्सव वा जिवनोत्सव, जसले जे नामबाट मनाए पनि त्यो जीवनमय हुने गरि मनाउनुपर्छ ।

लोकतान्त्रिक युवा संघ धनुषाका उपाध्यक्ष निशान्त यादवले आफ्नो २४ औं जन्मदिन रक्तदान गरेर मनाएको छ।उनले नेपाल रेडक्रस सोसाइटी धनुषाको कार्यलयमा पुगेर रक्तदान गरेको छ। अहिलेसम्म ५ पटक रक्तदान गरिसकेको उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]