२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

डाका मुद्दामा फरार प्रतिवादी पक्राउ

Logo
प्रकाशित आइतबार, साउन १९, २०७६

राजेन्द्र महतो,लहान। डाका मुद्दामा केही दिनदेखि फरार रहेका एक प्रतिवादीलाई सिरहा प्रहरीले शनिबार पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बिष्णु पुर सिरहाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

फरार प्रतिवादीको रुपमा फरार रहेका सिरहाको बिष्णुपुर गाउँपालिका -३ राजपुर बस्ने २० बर्षिय रुपेश कुमार यादवलाई प्रहरीले पक्राउ गरेको बताएको छ ।

डाका मुद्दा परेका यादव गत केहि दिन देखि फरार रहेका थिए । फरार रहेका यादवलाई ईलाका प्रहरी कार्यालय बिष्णुपुर प्रहरीको गस्ती टोलीले बिष्णुपुर गाउँपालिका -३ राजपुरबाट पक्राउ गरेर आवश्यक कारबाही बढाएको छ ।

पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]