१९ साउन २०८२, सोमबार
04-08-2025 , Mon
×

राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा नआएसम्म निवास नछाड्ने प्रदर्शनकारीहरूले अडान

Logo
प्रकाशित आइतबार, आषाढ २६, २०७९

न्युजमधेस डेस्क
एजेन्सी,२६ असार।
श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म कब्जा गरेको राष्ट्रपति र प्रधानमन्त्रीको निवास नछाड्ने अडान लिएका छन् ।

विगतमा पनि राजीनामा दिने भन्दै ढाँटेकाले अब उनीहरूको राजीनामा नआएसम्म निवास नछाड्ने प्रदर्शनकारीहरूले अडान लिएका बीबीसीले जनाएको छ ।

‘हाम्राे सङ्घर्ष सकिएकाे छैन’, विद्यार्थी आन्दाेलनका नेता लाहिरु वीरासेकाराले एएफपीसँग भनेका छन्, ‘राष्ट्रपति राजापाक्षेले साँच्चिकै नछाेडेसम्म हामी याे सङ्घर्ष छाड्ने छैनाैँ ।’

प्रदर्शनकारीहरूले हिजो शनिवारदेखि राष्ट्रपति भवन कब्जामा लिएका छन् भने प्रधानमन्त्रीको निवासमा पनि आगजनी गर्नुको साथै कब्जामा पनि लिएका छन् ।

आज आइतवार बिहान मात्रै राष्ट्रपति गोटाबाया राजापाक्षेले आउँदो बुधवार राजीनामा दिने सन्देश पठाउनुभएको छ । यस्तै प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि संयुक्त सरकार बनाउन आफू तयार रहेको बताउनुभएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]