११ पुष २०८२, शनिबार
27-12-2025 , Sat
×

नेपाल श्रीलङ्काकै अवस्थामा पुग्ने नेता श्रेष्ठको चेतावनी

Logo
प्रकाशित आइतबार, आषाढ २६, २०७९

न्युजमधेस डेस्क
काठमाडौ,२६ असार।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाल ढिलाे–चाँडाे श्रीलङ्काकै स्थितिमा पुग्ने चेतावनी दिनुभएकाे छ ।

आज आइतवार सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठले भ्रष्ट, स्वार्थ, कुशासन, अपारदर्शिता बढ्दै गए नेपाल श्रीलङ्काकै अवस्थामा पुग्ने चेतावनी दिनुभएकाे हाे । उहाँले लेख्नुभएकाे छ, हामी अहिले नै श्रीलङ्काको अवस्थामा पुगिसकेका छैनौँ, यो सही नै हो । तर तितो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, विचार–सिध्दान्त एवम् मूल्यविहीन भ्रष्ट–स्वार्थी राजनीतिको बोलवाला, कुशासन, भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवम् दलालीकृत सत्ता, समस्या समाधानप्रतिको गैरजिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो, एउटा वा अर्कोरूपमा पुर्‍याउने त्यतै हो ।

देशलाई श्रीलङ्काकै अवस्थामा पुग्नबाट बचाउन समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामूहिक एवम् सङ्गठित प्रयत्न गर्नुपर्ने उहाँकाे भनाइ छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]