२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

अजिंगर बोका निल्दै गरेको अवस्थामा फेला

Logo
प्रकाशित सोमबार, आषाढ २७, २०७९

न्युजमधेस डेस्क
उदयपुर,२७ असार।
उदयपुरको चौदण्डीगढी नगरपालिका – ५ सुन्दरपुरस्थित एक सामुदायिक वन क्षेत्रमा आइतबार साँझ एउटा अजिंगर बोका निल्दै गरेको अवस्थामा फेला परेको छ ।
सगरमाथा सामुदायिक वन क्षेत्रमा चर्दै गरेको करिब १२ किलोग्रामको बोका अजिंगरले निल्दै गरेको अवस्थामा भेटिएको स्थानीयहरूले बताए । जंगल चर्न गएको स्थानीय कृष्ण दाहालको बोका अजिंगरले खाँदै गरेको अवस्थामा भेटिएको प्रत्यक्षदर्शी खेमराज धमलाले बताए ।

अजिंगरले बोका खाँदै गरेको देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय सुन्दरपुरलाई खबर गरेका थिए । उद्धारका लागि गएको प्रहरी टोलीले अजिंगरलाई सुरक्षित तरिकाले बोरामा राखेर सवडिभिजन वन कार्यालय हडिया सुन्दरपुरलाई बुझाएको प्रहरी निरीक्षक डम्बर विश्वकर्माले बताए ।

२० किलोग्राम भन्दा बढी तौल भएको अजिंगर अहिले वन कार्यालयको जिम्मामा रहेको डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकारी सहायक वन अधिकृत जागेश्वर साहले बताए । अजिंगरलाई उसको प्राकृतिक बासस्थानमा लगेर छोडिने सहायक वन अधिकृत साहले बताए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]