१५ पुष २०८२, बुधबार
31-12-2025 , Wed
×

‘बेटी पढाउ – बेटी बचाउ’ अभियानको सामग्रीमा अर्थहीन नारा

Logo
प्रकाशित आइतबार, साउन १९, २०७६

धैर्यकान्त दत्त ,जनकपुरधाम । प्रदेश २ सरकारले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानलाई प्राथमिकता दिँदै आएको छ। यहाँसम्म कि यस कार्यक्रमलाई मुख्यमन्त्री अभियान भनेरै नामाकरण गरेको छ, प्रदेश सरकारले।

गत आर्थिक वर्षमा ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमका लागि २० करोड ९२ लाख रुपैयाँ विनियोजन गरेको प्रदेश सरकारले चालु आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ।

‘बेटी पढाउ, बेटी बचाउ’ अभियान आफैँमा नराम्रो रहे पनि यसबाट प्रदेशका छोरीहरु कति लाभान्वित भए भविष्यले निक्र्यौल निकाल्ने छ।

अभियानअन्तर्गत सरकारले प्रदेशको विभित्र जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गर्ने गरेको छ। विद्यालयमा छात्राहरुको उपस्थिति वृद्धि गराउने उद्देश्य लिएर प्रदेश सरकारले साइकल वितरण गरेको हो।

प्रदेश सरकारले साइकल वितरण गरेझैं प्रदेश २ का कतिपय स्थानीय तहले भने आँफू मातहतका विद्यालयमा अध्ययनरत छात्राहरुलाई झोला वितरण गरेको छ।

मुख्यमन्त्री ‘बेटी बचाउ, बेटी बचाउ’ अभियानअन्तर्गत केही स्थानीय तहले मुख्यमन्त्रीको तस्बिर झोलामा छापेका छन् भने कतिपयले मुख्यमन्त्री राउतसहित स्थानीय तहका प्रमुखको।

तर अभियानबारे झोलामा उल्लेख गरिएको नारा नै गलत देखिएको छ। प्रदेश सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ भत्रे नारा दिएको छ भने छात्राहरुलाई स्थानीय तहले वितरण गरेको झोलामा ‘बेटी बचाउ, बेटी पढाउ’ उल्लेख छ।

स्थानीय तहले छात्राहरुलाई वितरण गरेको झोलालाई लिएर अहिले विभित्र खाले टिकाटिप्पणी सुरु भएको छ। खासगरेर झोलामा छापिएको नाराको सम्बन्धमा आलोचना सुरु भएको हो।

छात्राहरुलाई वितरण गरिएको झोलामा ‘शिक्षा नै समृद्धिको विकास हो’ लेखिएको छ। झोलामा उल्लेखित नाराको शब्द चयन त्रुटीपूर्ण रहेको जानकारहरु बताउँछन्। विकास र समृद्धिको शाब्दिक अर्थ समान रहेकोले उल्लेखित नाराको शब्द संयोजन त्रुटीपूर्ण रहेको जानकारहरुको भनाइ छ।

वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमलले समृद्धि र विकास भनेको उस्तै कुरा रहेको भन्दै शब्द संयोजनमा त्रुटि भएको बताए। जो कोहीले लेखेको भएपनि शब्द चयनमा त्रुटि गरेको उनको भनाइ छ।

‘शिक्षा नै समृद्धिको विकास’ भत्रे शब्द कुनै तरिकाले उपयुक्त देखिँदैन,’ डा.विमल भन्छन्, ‘समृद्धिसँग आधार वा जग राख्दा उपयुक्त हुन्छ तर विकास राखिनु त्रुटिपूर्ण छ।’ उनले भने, ‘मुख्यमन्त्रीज्यू स्वयं विद्धान हुनुहुन्छ, कमसे कम उहाँले एकपटक हेर्नु पर्दथ्यो।’

प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीले अभियान सञ्चालन भइरहे पनि प्रदेश सरकारले ती झोलाहरु वितरण नगरेको दाबी गरेका छन्। अभियानको सन्दर्भमा झोलामा उल्लेख गरिएको नारासमेत सरकारको नारासँग मेल नखाएको उनको भनाइ छ।

‘संसदीय विकास कोषको रकमबाट कतिपय सांसदज्यूहरुले पनि झोला वितरण गर्नुभएको छ,’ नेपाल समयसँग कुरा गर्दै सुवेदीले भने, ‘कसरी यस्तो त्रुटि भयो मुख्यमन्त्रीज्यूले खोजबिन सुरु गर्नुभएको छ।’ मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानसँग सम्बन्धीत विषय भएकोले मुख्यमन्त्रीज्यूसँग स्वीकृति लिनुपर्दथ्यो उनले बताए।-नेपाल समय

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]