१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

नागरिकता विधेयक पारित हुँदा ११ लाख जनाले नेपाली नागरिकता प्राप्त गर्ने

Logo
प्रकाशित सोमबार, आषाढ २७, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,२७ असार। प्रस्तावित नागरिकता विधेयक पारित हुँदा हालसम्म नागरिकतबााट वञ्चित ११ लाख जनाले नेपाली नागरिकता प्राप्त गर्ने दाबी गरिएको छ ।

महिला कानुन विकास मञ्च (एफडब्लूएलडी) ले सरकारले हालै प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता ऐन संशोधन विधेयक जस्ताको तस्तै पारित भए ११ लाख नागरिकताविहीनले नागरिकता पाउने दाबी गरेको हो ।

एफडब्लूएलडीका कार्यकारी निर्देशक सविन श्रेष्ठका अनुसार एफडब्लूएलडीले प्रस्तावित नागरिकता विधेयकका प्रावधान र नागरिकताविहीनको समस्या केलाएर अध्ययन गर्दा करिब ११ लाख नागरिकताविहीनले नागरिकता प्राप्त गर्न सक्ने देखिएको बताए ।

जन्मको आधारमा नागरिकता लिएकाको सन्तानमध्ये ५ लाख भन्दा बढी नागरिकता लिन योग्य रहेको तर कानुन अभावमा नागरिकता लिन नपाइरहेको तथ्यांक एफडब्लूएलडीको छ ।

आमाको नामबाट नागरिकता जारी हुँदा (बाबु पहिचान नभएको) नागरिकता लिन योग्य ६ लाख ८० हजार बढीले पाउने एफडब्लूएलडीको तथ्यांक छ ।

यी दुबै समस्या समाधान गर्ने गरी विधेयक आएको र जस्ताको तस्तै पारित भए करिब ११ लाखले नागरिकता प्राप्त गर्न सक्ने एफडब्लूएलडीको अनुमान छ ।

‘सरकारले फास्ट ट्र्याकमा नागरिकता विधेयक पारित गरे थप ११ लाख नागरिकले आसन्न प्रदेश र संघीय संसद सदस्यको निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउनेछन्’, एफडब्लूएलडीका कार्यकारी निर्देशक श्रेष्ठले आइतबार राजधानीमा भएको एक कार्यक्रममा भने ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]