१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

प्रदेश १ मा लिम्बुवान–किरात संयुक्त संघर्ष समितिले आन्दोलन चर्काउने तयारीमा

Logo
प्रकाशित सोमबार, आषाढ २७, २०७९

न्युजमधेस डेस्क
बिराटनगर,२७ असार।
प्रदेश नं. १ को नाम पहिचानका आधारमा नभए लिम्बुवान–किरात संयुक्त संघर्ष समितिले आन्दोलन चर्काउने चेतावनी दिएको छ। आइतबार इटहरीमा पत्रकार सम्मेलन गरी प्रदेश नं १ को नामकरण भौगोलिक अवस्था, सामाजिक, साँस्कृतिक, ऐतिहासिक पृष्ठभूमि एवम् पहिचानका आधारमा हुनुपर्ने नत्र आन्दोलन चर्काउने चेतावनी दिइएको हो।

नामाकरण टुंगो लगाउन राजनीतिक दलहरूले छलफल बढाएसँगै लिम्बुवान–किरात संयुक्त सघर्ष समितिले पहिचानका विषयमा कुनै चाँसो नराखि ठूला राजनीतिक दलले कोसी, सगरमाथालगायतको नाम अघि सारेकाले गर्दा त्यसो गरिए आन्दोलन चर्काउने लिम्बुवान–किरात संयुक्त संघर्ष समितिका सदस्य कुमार लिग्देनले बताए।

प्रदेशको नामकरण गर्दा पहिचानको मुद्दा बेवास्तामा परेकाले प्रदेशको नाम कोसी र सगरमाथामध्ये एक हुने तोकिने सम्भावना बलियो छ। प्रदेशको राजधानी तोक्ने विषयमा नेकपा एमालेका सांसदको मत कोशी र नेपाली कांग्रेसका सांसदको मत सगरमाथामा बाँडिएको छ।

पहिचानको आधारमा नाम राख्न माग गर्दै असार २७ गते मुख्यमन्त्री तथा सबै राजनीतिक दलका संसदीय दलका नेता, पार्टी प्रमुख, प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाउने पनि लिम्बुवान–किरात संयुक्त संघर्ष समितिले पत्रकार सम्मेलनमा बताएको छ। यस्तै, असार २८, २९ र ३० गते प्रदेश १ का १४ जिल्लामा नै समिति बनाएर थप दबाब दिइनेछ। असार ३२ गते सबै जिल्लामा कोणसभा गर्ने साउन ४ गते प्रदेशको राजधानी विराटनगरमा वृहत्त जनप्रदशन गर्ने कार्यक्रम तय भएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो। लिम्बुवान–किरात संयुक्त संघर्ष समितिमा ३१ वटा घटक आवद्ध रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

सातवटा प्रदेश मध्ये प्रदेश नं. १ को मात्र नामकरण गर्न बाँकी छ। नामाकरणका लागि प्रदेश सभामा दुईतिहाइ बहुमत आवश्यक पर्छ। ८९ सदस्यीय प्रदेश १ मा नेकपा एमालेका ३८, नेपाल कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एसका १०, जसपाका ३, राप्रपा र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक–एकजना प्रदेश सांसद छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]