२५ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

सबैलाको फकिरचन्द मा.वि.परिसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न

Logo
प्रकाशित सोमबार, आषाढ २७, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,२७ असार। धनुषा जिल्लाको सबैला नगरपालिका वार्ड नं. १२ रघुनाथपुरको बरकुर्वा स्थित फकिरचन्द गामी मा.वि. परिसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

बिधालयलाई हरियाली बनाउने र बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट जोगाउन बिधालय वरिपरि बृक्षारोपण गरिएको तथा  बिधालयको वातावरणलाई हराभरा बनाउने उदेश्यले बृक्षारोपण गरिएको बताएको छ।

विद्यालय व्यवस्थापन समितिको सक्रियता र अगुवाईमा सवैला नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष रामनारायण कुमरको उपस्थितीमा विद्यालयको प्राङ्गणमा वृक्षारोपण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद कुमार पालले विभिन्न दर्जन प्रजातीका विरुवाहरु रोपिएको बताए । विद्यालय पोशाकमा शिक्षक, शिक्षिका, विद्यार्थीहरुको उपस्थिती र वृक्षारोपणमा देखिएको उत्साहजनक सहभागिताले विद्यालयमा शिक्षा, सुधार र वृहत प्रगतीको पुर्नजागरणको संकेत आफुले पाएको दाता परिवारका सदस्य उमेश गामीले बताए ।

गामीले निर्वाचन, दल, सत्ता र व्यक्तित स्वार्थका लागि मात्र राजनिति हुनुपर्नेमा विद्यालय, मठमन्दिर सहितका समाजिक धरोहरहरुमा राजनिति हुनु दु:खद रहेकाले शिक्षाको मन्दिर विद्यालयको सुधारमा सबै एकजुट हुनुपर्ने बताए ।

सो कार्यमा सबैला नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मिथिला साह, अन्य वडा अध्यक्षहरु, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, पुर्वशिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, जनपथ र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरु, युवा अगुवा, नागरिक अगुवाहरुको सहभागिता थियो ।

२०१६ सालमा स्थापित विद्यालय करिव डेढ दशक अगाडि सम्म मात्र धनुषा र यस क्षेत्रकै नामी र सफल विद्यालयमा गिन्ती हुने गरेको जरजर अवस्थामा पुगेपछि नागरिक अगुवाहरु सुधारमा केन्द्रित हुन थालेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]