२९ पुष २०८२, बुधबार
14-01-2026 , Wed
×

धनुषामा मेयर र उपमेयर पक्षबीच झडप, आधा दर्जन घाइते

Logo
प्रकाशित मंगलबार, साउन २१, २०७६

सुभाष कर्ण,जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयर पक्षबीच कार्यालय सम्बन्धी भएको विवादमा प्रहरीको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी स्थानीय घाइते भएको छ ।

मंगलबार दिउँसो प्रहरीको सहयोगमा मेयर रामज्ञान मण्डल पक्षका व्यक्तिहरुले उपमेयर रेणु झाले सञ्चालन गर्दै आएको कार्यालयबाट बलजफ्ती सामग्री लिन खोज्दा दुवै पक्षबीच झडप भएको थियो ।

झडपको क्रममा मेयर पक्षधरसँगै आएका प्रहरी टोलीले गरेको लाठी चार्जबाट हंसपुर नगरपालिकाका उपमेयर झासहित वडा नं. २ बघचौडाका अध्यक्ष उदय साह, तपेश्वर मण्डल, फेकन कापर पुण्य खत्रीलगायत आधा दर्जनभन्दा बढी घाइते भएका छन् ।

घाइतेमध्ये तपेश्वर मण्डलको अवस्था नाजुक रहेको छ । उनको स्थानीय स्थरमा उपचार भई थप उपचारका लागि जनकपुर अञचल अस्पतालमा पठाइएको जनाइएको छ ।

स्थानीयका अनुसार उपमेयरको कार्यालयबाट सामग्री लग्न प्रहरीसँगै मेयर मण्डल पक्षधरका घरेलु हातहतियारसहित दुई ट्याक्टर ५०-६० जनाको समूह आएको थियो । तर, उपमेयर पक्षधरबाट स्थानीय प्रतिकार गर्न खोज्दा दुवै पक्षबीच झडप भएको थियो ।

झडप उग्ररुप लिएपछि प्रहरीले लाठी चार्ज गर्न थालेपछि मेयर पक्षधरका स्थानीय ज्यान जोगाएर भागे पनि उपमेयर पक्षधरले उनको दुवै ट्याक्टर नियन्त्रणमा लिएका छन् । उता प्रहरी दुईजना स्थानीयलाई नियन्त्रणमा लिएका थिए ।

प्रहरीले नियन्त्रणमा लिएका स्थानीयलाई छोडाउन यो समाचार लेख्दासम्म दुईतर्फी झडप जारी रहेको थियो । झपड बढदै गएपछि तारापट्टी, बेलही, धनुषाधाम लगायतका प्रहरी चौकीबाट दर्जनौको संख्यामा नेपाल र शसस्त्र प्रहरी परिचालन गरिएको छ ।

सञ्चारकर्मीसँग कुरा गर्दै उपमेयर झाले भनिन्, ‘मेयर मण्डललाई कार्यालयसम्बन्धी विवादका लागि वार्ताबाट समाधान खोज्न पटकपटक आग्रह गर्दै आएका छौ । तर, उनले मानेन, आज आएर उनले बेलही प्रहरी चौकीका इन्चार्ज रामकुमार साहको सहयोगमा दर्जनौ प्रहरी र लठैत लगाएर आफ्नो कार्यालय लुटन आएको थियो । सोही क्रममा स्थानीयले अवरोध गर्न खोज्दा मेयर मण्डलका लठैत सहित प्रहरीले आधा दर्जनभन्दा बढीलाई कुटपिट गरी घाइते बनाएका छन् ।

प्रहरीसँग सम्पर्क गर्दा आफूहरुले कसैलाई नियन्त्रणमा लिएका छैनौ, आफूहरु सुरक्षाका लागि आएको तर स्थानीयले उल्टै आफूहरुमाथि लागेपछि अवस्था सामान्य बनाउन लाठी चार्ज गर्नु परेको थियो ।

दिउँसो १२ बजेदेखि अहिलेसम्म घटना स्थलमा प्रहरी र बघचौडाका स्थानीयबीच झडप जारी नै छ । तर, सम्बन्धित निकायले समस्या समाधान गर्न तर्फ कुनै चासो देखाएको छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]